काठमाडौं- अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा एकजना पक्राउ परेका छन्।
कागेश्वरी मनोहरा नगरपालिका-२ घर भइ काठमाडौं महानगरपालिका-२० बस्ने ४० वर्षीया सरस्वती खड्का पक्राउ परेकी हुन्।
खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाईसी विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्य व्यक्तिलाई चेक दिएर दुरुपयोग गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनीमाथि बैंकिङ कसुर सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।