बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ट्रेड युनियन आन्दोलनका कारण नेपाल एयरलाइन्सका कर्मचारीले तलब खान पाएनन् 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ २३ २०७८
ट्रेड युनियन आन्दोलनका कारण  नेपाल एयरलाइन्सका कर्मचारीले तलब खान पाएनन् 

महाप्रबन्धक कार्यालय जान नदिएएपछि दैनिक प्रशासनिक काम ठप्प छ। 

काठमाडौं- नेपाल वायुसेवा निगममा सक्रिय ट्रेड युनियनहरुको आन्दोलनका कारणले कर्मचारीले करिब दुई महिनादेखि तलब पाएका छैनन्।

नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा लगेर सञ्चालन गर्ने सरकारले  तयारी गरेपछि आन्दोलनमा उत्रिउका  ट्रेड युनियनले महाप्रबन्धकलाई कार्यालय प्रवेश दिएका छैनन्। 

महाप्रबन्धक कार्यालय नगएपछि दैनिक प्रशासनिक काम ठप्प छ। युनियनले महाप्रबन्धको कार्यकक्षमा ताला लगाएर प्रवेश निषेध गरेका छन्। जसका कारण बोर्ड बैठक बस्‍न सकेको छैन। बैठक नबस्दा नयाँ आर्थिक वर्षको तलबमान स्वीकृत हुन सकेको छैन। 

१४ सय कर्मचारी रहेको निगममा महिनाकै तलब ३० करोड रुपैयाँ भन्दा बढी खर्च हुन्छ। 

साउन महिनाको तलब भदौ १ गतेभित्र आउनुपर्नेमा अहिलेसम्म नआएको कर्मचारीहरुले बताएका छन्। 

बैशाखको बोर्ड बैठकले निगमका निर्देशकहरुको खर्च अधिकारमाथि अंकुश लगाएपछि सुरुमा निर्देशकहरुले आन्दोलन गरेका थिए। प्रत्यक्ष बाहिर देखिन नमिलेपनि उनीहरुले पेनडाउन लगायतका अघोषित आन्दोलन गरेका थिए। 

कम्पनी मोडलमा जाने निर्णय बाहिर आएपछि तिनै निर्देशकहरुले ट्रेड युनियनलाई उचालेर आन्दोलनमा  जान उत्प्रेरित गरेका थिए। 

कम्पनीमा गएपछि सबै सेवा सुविधा कटौति, हाजिरमात्र गरेर तलब खाने प्रवृत्ति हट्ने,  ट्रेड युनियन अधिकार खुम्चिने जस्ता कुरा लगार आन्दोलनको वातावरण बनाएका थिए। 

 


प्रकाशित : बुधबार, भदौ २३ २०७८०७:३९
  • सम्बन्धित विषय:

  • # नेपालएयरलाइन्स
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend