काठमाडौं- सेयर बजारमा कारोबार सुरु भएको २ घण्टा २० मिनेटमै ६३ अंकको गिरावट आएको छ। बिहीबार २५८६.१९ मा झरेको बजारमा साताको पहिलो दिने कारोबार सुरु भएदेखि नै ओरालो लागेको हो।
११ बजेबाट सुरु भएको कारोबार १ बजेर २० मिनेट जाँदासम्म ६३ अंकले गिरावट आइसकेको छ। तर एउटा कम्पनीको सेयर कारोबारमा भने सकारात्मक सर्किट लागेको छ।
न्यादी हाइड्रोपावरको सेयर कारोबारमा सकारात्मक सर्किट लागको हो। न्यादीको सेयर प्रतिकित्ता ४१ रुपैयाँले बढेर ४५४.४० मा पुगेको छ।