शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

सुनवलले ल्यायो छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति

images
आइतबार, माघ १४ २०८०
images
images
सुनवलले ल्यायो छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति

यस नीतिले सामुदायिक विद्यलायको शैक्षिक गुणस्तर सुधार हुने नगरपालिकाको अपेक्षा छ।

images
images

नवलपरासी- पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याएको छ। पालिकाको सेवा सुविधा उपभाेग गर्ने सबैका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति तथा कार्यक्रम नगरपालिकाले बनाएको हो।

images
images
images

नगरपालिकाको कोषबाट तलब, भत्ता लगायतका सुविधा उपभोग गर्नेले छोराछोरीलाई सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने नीति तथा कार्यक्रममा तय गरिएको नगरप्रमुख बिमला अर्यालले बताइन्।

images

आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा व्यवस्था गरिए अनुसार सुविधा लिने शिक्षक, कर्मचारी र जनप्रतिनिधिका लागि उक्त नीति कार्यान्वयनमा ल्याइएको उनको भनाइ थियो।

images
images
images

पालिकाभित्र रहेका शैक्षिक संस्थाको गुणस्तरमा वृद्धिसमेत हुने अपेक्षा लिइएको नगरप्रमुख अर्यालले बताइन्। यस नीतिले सामुदायिक विद्यलायको शैक्षिक गुणस्तर सुधार हुनेछ।

सामुदायिक विद्यालयमा भर्ना गर्नका लागि नगरपालिकाले गत वर्षदेखि उक्त अभियान सञ्चालन गरेको थियो। उक्त नीति आगामी शैक्षिक सत्रबाट लागु हुने नगरपालिकाले जनाएको छ। नगरपालिकाको आन्तरिक कोषबाट तलब, भत्ता तथा सुविधा उपभाग गर्ने तीनसय ६७ जना छन्। 'ज्यालादारी सहितका अन्य दुई सय ११ जना कर्मचारी, सामुदायिक विद्यालयका निजी स्रोतबाट ८८ जना र सर्शत अनुदानबाट अन्य शिक्षकसमेत रहेका छन्', नगरप्रमुख अर्यालले भने।

उनका अनुसार पालिकाभित्र ३५ वटा सामुदायिक विद्यालय छन्। यसमध्ये तीन विद्यालयलाई नगरपालिकाले अनुमति दिएर सञ्चालन भइरहेका छन्। गुरुकुल विद्यालय, मदरसा र लुम्बिनी समाता महिला विद्यालय पालिकाको अनुमतिमा सञ्चालन भएका नगरप्रमुख अर्यालले जानकारी दिइन्। रासस


प्रकाशित : आइतबार, माघ १४ २०८०१२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend