शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्छ : प्रधानमन्त्री

images
आइतबार, माघ १४ २०८०
images
images
स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्छ : प्रधानमन्त्री

'राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई सफल बनाउन ललितपुर महानगरपालिकासँग विशेषज्ञसहितको स्वास्थ्य सेवाप्रवाह गर्न भएको सम्झौता देशकै लागि नमुना कार्यक्रम बन्ने मैले विश्वास लिएको छु', प्रधानमन्त्रीले भने।

images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा देखापरेका चुनौतीको व्यवस्थापनका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन दिएका छन्।

images
images
images

प्रतिष्ठानको १२औँ सभालाई आज यहाँ सम्बोधन गर्दै उनले थप पूर्वाधारको विकास तथा अस्पतालको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन प्रतिष्ठानका पदाधिकारीलाई निर्देशन दिए।

images

आम नागरिक स्वस्थ नभइकन विकास र समृद्धि सम्भव नहुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सबै नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवाको पहुँच पुर्‍याउनुपर्नेमा जोड दिए। उनले भने, 'स्वस्थ र निरोगी नागरिकबाट नै मुलुकको आर्थिक र सामाजिक रूपान्तरण सम्भव हुन्छ।'

images
images
images

समुदायमा आधारित सेवा प्रवाह गर्नु प्रतिष्ठानको उत्तम पहल भएको उल्लेख गर्दै कुलपति दाहालले यस्ता कार्यक्रममा अन्य मिल्दोजुल्दो कार्यक्रम पनि समेटेर अझ बढी सशक्त बनाएर अगाडि बढ्न निर्देशन दिए।

उनले भने, 'अन्य प्रतिष्ठान एवं शैक्षिक संस्थाबाट पनि यसप्रकारको कार्यक्रम अगाडि बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यानाकर्षण गराउँछु।' नेपाल अधिकांश भू-भाग ग्रामीण क्षेत्रले ओगटेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री दाहालले ग्रामीण क्षेत्रमा स्तरीय स्वास्थ्योपचारको व्यवस्था मिलाउन दक्ष तथा सामाजिक उत्तरदायित्वको भावनाबाट अभिप्रेरित डाक्टरलगायत स्वास्थ्यकर्मी उत्पादन गरी स्वास्थ्य सेवाको पहुँच ग्रामीण स्तरसम्म विस्तार गर्दै जानुपर्ने खाँचो औँल्याए।

उनले भने, 'मानव विकास परिसूचकांकमा पछि परेका तथा गुणस्तरीय स्वास्थ्य सेवामा कम पहुँच भएका नागरिकलाई बढी लाभान्वित तुल्याउने गरी आफ्नो सेवामा सुधार ल्याउन प्रतिष्ठानलाई निर्देशित गर्दछु।'

प्रधानमन्त्री प्रचण्डले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा तथा यससँग सम्बन्धित वैज्ञानिक अनुसन्धान गरी समस्त स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदान सह्रानीय रहेको बताए। सभामा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री, राष्ट्रिय योजना आयोगका सदस्य, ललितपुर महानगरपालिकाका प्रमुख, विभिन्न प्रतिष्ठानका उपकुलपतिको उपस्थिति थियो। रासस


प्रकाशित : आइतबार, माघ १४ २०८०१०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend