शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

मन्द भएको रियलस्टेटलाई चलायमान बनाउन मौद्रिक सहजीकरण गर्दै चिनियाँ केन्द्रीय बैंक

images
आइतबार, माघ १४ २०८०
images
images
मन्द भएको रियलस्टेटलाई चलायमान बनाउन मौद्रिक सहजीकरण गर्दै चिनियाँ केन्द्रीय बैंक

यो नीतिगत निर्णयबाटमात्र वित्तीय बजारमा १८८ अर्ब अमेरिकी डलरको तरलता थपिने छ। यसबाट ऋणको लागत सस्तो भइ प्रवाह विस्तार हुने विश्वास बैंकको छ। ब्याजदर कटौतिमा यसले थप राहत दिने सरकारको विश्वास रहेको छ।

images
images

काठमाडौं- अमेरिकी कडाइ र कोरोना महमारी लगत्तै शिथिल बनेको आन्तरिक मागलाई बढाउन भन्दै चिनियाँ केन्द्रीय बैंकले मौद्रिक उपकरणलाई खुकुलो बनाउने नीति लिएको छ।

images
images
images

पछिल्लो समय लिइएको मौद्रिक तथा अन्य वित्तीय नीतिका कारणले रियलस्टेट बजारमा माग संकुचित भएको र यही कारणले गर्दा कयौं कम्पनी कंगल हुने अवस्थामा पुगेका छन्। बाजरमा माग बढ्न नसकेपछि चिनियाँ केन्द्रीय बैंकले केही मौद्रिक उपकरणलाई खुकुलो बनाउने नीति लिएको छ। 

images

गएको शुक्रबारमात्र चिनियाँ केन्द्रीय बैंकले अनियवार्य सञ्चिति रेसियो(आरआरआर)मा कटौति गरेको छ। चिनियाँ केन्द्रीय बैंकले ०.५ प्रतिशत बिन्दुले यस्तो अनिवार्य नियामकीय अनुपात घटाइदिएको छ।

images
images
images

यो नीतिगत निर्णयबाटमात्र वित्तीय बजारमा १८८ अर्ब अमेरिकी डलरको तरलता थपिने छ। यसबाट ऋणको लागत सस्तो भइ प्रवाह विस्तार हुने विश्वास बैंकको छ। ब्याजदर कटौतिमा यसले थप राहत दिने सरकारको विश्वास रहेको छ। 

मौद्रिक कडाइसँगै रियलस्टेट क्षेत्रमा लिइएको नीतिका कारणले गर्दा मन्दी गहिरिँदै गएको छ। सन् २०२३ मा मात्र रियलस्टेट कम्पनीमध्ये ३०० सयले ब्यांक्रप्सी फाइल गरेका थिए। सन् २०२२ को तुलनामा यो ५६ प्रतिशत धेरै हो। 

पुँजीको परिचालन तथा चक्रिय सञ्चालनमा पछिल्लो नीतिले अवरोध गरेपछि रियलस्टेट क्षेत्र संकटमा फस्दै गएको छ। यहि कारणले गर्दा समग्र क्षेत्र प्रभावित भएको छ। यही कुरालाई सम्बोधन गर्न भन्दै चिनियाँ केन्द्रीय बैंकले मौद्रिक नीतिमा केही खुकुलो बनाउँदै जाने नीति लिएको छ। 


प्रकाशित : आइतबार, माघ १४ २०८०१०:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend