आइतबार, कात्तिक ११ गते २०८१    
images
images

हालसम्मकै सबैभन्दा धेरै बिक्री हुने १५ मोबाइल फोन

images
आइतबार, माघ १४ २०८०
images
images
हालसम्मकै सबैभन्दा धेरै बिक्री हुने १५ मोबाइल फोन

चौथो स्थानमा पनि नोकियाकै फोन रहेको छ। नोकियाको १०५ सिरिज फोन २० करोड वटा बिक्री भएको थियो।

images
images

काठमाडौं- २०२१ मा विश्वभर ७ अर्ब १ करोड मोबाइल फोन प्रयोगकर्ता थिए। अर्थात विश्वभर रहेका कुल मानिसको ९० प्रतिशतले मोबाइल फोन चलाउँथे। 

images
images
images

अहिलेको प्रविधिको जमानामा माबोइल फोन मानिसको अभिन्न अंगजस्तै बनिसकेको छ।

स्मार्टफोनको विकासले मानिसको जीवनशैलीमै परिवर्तन ल्याइदि सकेको छ। स्मार्टफोनको रफ्तार यति तीव्र छ कि त्यो बडेबडे विज्ञले गर्ने अनुमानभन्दा कयौँ गुणा फार ढंगले विस्तार र विकास भइरहेको छ। 

images

विगतमा सामान्य बार फोनको ठूलो क्रेज थियो। समयको रफ्तारसँगै भएको प्रविधि विकासले अहिले निकै उन्नत स्मार्टफोनहरु बजारमा उपलब्ध छन्। तर हालसम्मको सबैभन्दा धेरै बिक्री भएको फोन कुन हो त? धेरैलाई जिज्ञासा हुनु स्वभाविक हो। 

images

यस्तैमा विभिन्न प्लेटफर्मबाट तथ्यांक संकलन गरेर भिजुअल क्यापिटालिस्टले मोबाइल फोन विकासको इतिहासमा हालसम्म सबैभन्दा धेरै बिक्री भएकाले मोबाइल फोनको सूची तयार गरेको हो।

मुख्यगरी कम्पनीले उपलब्ध गराएको, विकिपिडिया, याहू फाइनान्स तथा प्रविधि विश्लेषक फर्म ओमडियामा रहेको डेटाका आधारमा धेरै बिक्री भएको फोनबारे उल्लेख गरिएको छ। 

विश्वमा उत्पादन भएको मध्ये सबैभन्दा धेरै मानिसको रोजाइमा परेको मोबाइल फोन हो नाकिया ११००। नोकिया ११०० फोनको उत्पादन २००९ देखि बन्द भएको थियो। विश्वको सबैभन्दा धेरै बिक्री हुने फोनको सूचीमा पहिलो नम्बरमा रहेको नोकिया ११०० त्यतिबेलासम्म २५ करोड वटा बिक्री भएको हो। 

सर्वाधिक बिक्री भएको यो फोन स्मार्टफोन (नोकियाकै ई सिरिज र आइफोन)आइसक्दा समेत विकासशील मुलुकहरुमा लोकप्रिय थियो। तुलनात्मक रुपमा सस्ता मूल्यमा पाइने, सजिलै फोन गर्न मिल्ने र पकेटमा राख्न सजिलो हुने भएकाले धेरैको रोजाइमा यही फोन थियो। नोकियाको ११०० मोडल २००३ र २००५ मा सार्वजनिक भएको थियो। 

त्यस्तै दोस्रो सर्वाधिक बिक्री हुने मोबाइल फोन नोकियाकै १११० हो। यो फोन विश्वभर २४ करोड ८० लाख वटा बिक्री भएको तथ्यांक छ। 

त्यस्तै धेरै बिक्री हुने मोबाइल फोनको सूचीमा तेस्रो स्थानमा आइफोन रहेको छ। अमेरिकी कम्पनी एप्पलले उत्पादन गरेको आइफोनको छैटौँ सिरिज आइफोन सिक्स/सिक्स प्लस विश्वभर २२ करोड २० लाख वटाभन्दा धेरै बिक्री भएको छ। एप्पलको यो फोन धेरै बिक्री हुनुको कारण कम्पनीले २०१७ मा भारत र चीनमा पुनः सार्वजनिक गरेको थियो। 

चौथो स्थानमा पनि नोकियाकै फोन रहेको छ। नोकियाको १०५ सिरिज फोन २० करोड वटा बिक्री भएको थियो। 

त्यस्तै पाँचौँ धेरै बिक्री हुने मोबाइल फोनमा आइफोन सिक्स एस/सिक्स एस प्लस हो जुन १७ करोड ४० लाख वटा, छैटौँ स्थानमा आइफोन फाइभ एस रहेको छ यो १५ करोड ५० लाख वटा, सातौँ धेरै बिक्री हुने मोबाइलमा नोकिया ३२१० रहेको छ जुन १६ करोड १० लाख वटा बिक्री भएको थियो। 

यसैगरि धेरै बिक्री हुने मोबाइल फोनको सूचीको आठौँ स्थानमा आइफोन सेभेन र सेभेन प्लस रहेको छ। यो फोन हालसम्म १६ करोड वटा बिक्री भएको छ। त्यस्तै नवौँ धेरै बिक्री हुने मोबाइल फोन आइफोन ११ को सिरिज हो जुन १५ करोड ९० लाख वटा र दशौँ स्थानमा पनि आइफोनकै एक्स सिरिज रहेको छ। यो फोन हालसम्म १५ करोड १० लाख वटा बिक्री भएको छ।

११ देखि १४ स्थानसम्म क्रमशः नोकिया ६६००, नोकिया १२००, नोकिया ५२३० र सामसङ ई१ १०० रहेको छन्। यी सबै फोन १५ करोड वटा बिक्री भएका थिए। त्यस्तै १५औँ स्थानमा आइफोन ५ रहेको र यो फोन १४ करोड ६० लाख वटा बिक्री भएको भिजुअल क्यापिटालिस्टले उल्लेख गरेको छ।  

तर गएको दशकपछि नोकिया भने मोबाइल फोनमा पुनरागमन हुन सकेको छैन। गएको दशक मोबाइल फोन बजारमा एप्पलले दबदबा कायम राखेको देखिन्छ। टेलिकम्युनिकेशनको क्षेत्रमा सुरुमा युरोप र त्यसपछि एसियामा बदलाव आएपछि भने एप्पल, सामसङलगायत कम्पनीहरु उदायका हुन्। 

२०१४ मा माइक्रोसफ्टले नोकियाको मोबाइल फोन व्यवसाय खरिद गरेको थियो। माइक्रोसफ्टले आफ्नो विन्डो फोनको व्यापार विस्तार गर्न नोकिया खरिद गरेको थियो तर यो सफल हुन सकेन। त्यसपछि नोकियाको फोन व्यवसाय पुनः एचएमडी ग्लोबललाई बिक्री भयो। हाल एचएमडी ग्लोबलले नोमियाका फोन बनाइरहेको छ जसमा एन्ड्रोइड ओएस सिस्टम रहेको छ।  


प्रकाशित : आइतबार, माघ १४ २०८००६:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend