बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

ओमिक्रोनको असर तारेहोटलमा देखिन थाल्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर १९ २०७८
images
images
ओमिक्रोनको असर तारेहोटलमा देखिन थाल्यो

युरोप तथा अमेरिकाले अफ्रिकी देशहरुसँग हवाई सञ्जाल समेत रोक्न थालेका छन्। नेपालले पनि अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेश बन्द गरिसकेको छ।

images
images

काठमाडौं- बिस्तारै लयमा फर्कन थालको तारेहोटलमा विश्वभर फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको प्रभाव देखिन थालेको छ। अफ्रिकबाट सुरु भएको ओमिक्रोन अहिले युरोप, अमेरिका तथा एसियामा पनि देखिन थालेको छ।

images
images

युरोप तथा अमेरिकाले अफ्रिकी देशहरुसँग हवाई सञ्जाल समेत रोक्न थालेका छन्। नेपालले पनि अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा  रोक लगाइसकेको छ।

images
images

नेपालले अफ्रिकी मुलुकसँगै हङकङ लगायत ९ देशका नागरिकलाई नेपाल प्रवेश बन्देज लगाइ सकेको छ।  जसको प्रत्यक्ष असर तारेहोटलमा देखा परको होटल संघ नेपालमा वरिष्ठ उपाध्यक्ष विनायक शाह बताउँछन्।

images
images

ओमिक्रोनको क्रास सुरु भएसँगै तारेहोटलहरुमा हुने सभासम्मेलन तथा विवाहका कार्यक्रमहरु रोकिने थालेको उनको भनाइ छ। कतिपयले १ सय जनाका लगि होटल बुक गरेपनि अहिले आएर संख्या घटाउन थालेको उनले बताए। 

साथै जनवरीदेखिका लागि पर्यटकको  सोधपुच्छ सुरु भए पनि अहिले उनीहरु पर्ख र हेरको अवस्थामा रहेको शाह बताउँछन्। कोभिडको पहिलो  र दोस्रो लहरका कारण होटल लगायत पर्यटन क्षेत्रमा सबैभन्दा बढी असर परेको छ।

पर्यटन नागरिक उड्डयन क्षेत्रमा १५ अर्ब भन्दा धेरैको क्षती पुगेको थियो। विस्तारै आन्तरि पर्यटकका कारण चलायमान भएको पर्यटन क्षेत्रमा फेरि संकट सुरु हुने लागेको हो।

‘अहिले विश्वका केही देशले ट्राभल बन्द गराइसेका छन्,’ शाहले भने, ‘ट्राभल बन्द हुने अवस्था आउँदा पर्यटन क्षेत्र पुन: संकटमा पर्छ।’


प्रकाशित : आइतबार, मंसिर १९ २०७८०५:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend