सोमबार, वैशाख २४ गते २०८१    
images
images

जिप कम्पास अब पूर्णविद्युतीय भर्सनमा आउने

images
images
images
जिप कम्पास अब पूर्णविद्युतीय भर्सनमा आउने

नयाँ जिप कम्पास विद्युतीय, आईसीई र हाइब्रिड तीनै भर्सनमा ल्याउने तयारी स्टेलेन्टिसले गरेको छ।

images
images

काठमाडौं- जिपको कम्पास एसयूभीको नयाँ भर्सन आउने भएको छ। जिपको प्यारेन्ट कम्पनी स्टेलेन्टिसले हालै कम्पासको नयाँ जेनेरेसन ल्याउने बताएको हो। उक्त कार २०२५ मै बजारमा आउने छ।

images
images
images

जिपले भारतसहित विश्व बजारमा ल्याउने गरी कम्पासको नयाँ जेनेरेसन तयार गरिरहेको छ। स्टेलेन्टिसले जिप कम्पासको नयाँ जेनेरेसन विद्युृतीय भर्सनमा पनि ल्याउने बताएको छ। भारतीयसहित अन्य बजारलाई लक्षित गरेर कम्पास ईभी ल्याउन लागेको कम्पनीले जनाएको छ।

images

भारतीय बजारमा विद्युतीय सवारीको लाइनअप बढ्दै गएकाले जिपले पनि आफूलाई त्यसमा सामेल गर्ने भएको छ। टाटा, महिन्द्रा, हुन्डाई, किया, सुजुकीलगायत सबैजसो ब्रान्डले भारतमा विद्युतीय सवारी ल्याइसकेको र ठूलो संख्यामा ल्याउने क्रममा छन्। पछिल्लो पटक बिक्री संख्यामा कमी आएसँगै जिपले भारतीय बजारलाई लक्षित गरेर नयाँ रणनीति लिन लागेको हो।

images

स्टेलेन्टिसको नयाँ प्लेटफर्म एसटीएलए एम आर्किटेक्चरमा जेफारयू कोड नेमका साथ नेक्सजेन जिप कम्पास बनिरहेको छ। यही प्लेटफर्ममा बनिरहेको नयाँ जिप कम्पास मल्टी पावर ट्रेन्डमा बन्ने छ। नयाँ जिप कम्पास विद्युतीय, आईसीई र हाइब्रिड तीनै भर्सनमा ल्याउने तयारी स्टेलेन्टिसले गरेको छ।

images
images

पछिल्लो विवरणअनुसार जिप कम्पास ईभी भारतीय बजारमा समेत आउने जनाइएको छ। कम्पास ईभी भारतीय बजारमा २०२६ मा आउने अनुमान गरिएको छ।

कम्पास ईभीमा ९८ किलोवाट आवरको ब्याट्री प्याक हुनेछ। यो ब्याट्री प्याकसहित कम्पास ईभी बजारमा आएमा यसले एक पटकको फुल चार्जमा ५ सय किलोमिरट रेन्ज दिने छ। डब्लूएलटीपीमा ५ सय किलोमिरट भएपनि वास्तविकतामा करिब ७ सय किलोमिटर रेन्ज दिने दाबी कम्पनीको छ।

सो ब्याट्री प्याक भएको कम्पास ईभीले २ सय १८ देखि ३ सय ८८ बीएचपी पावर जेनेरेट गर्नेछ। कम्पास ईभी टू ह्वी तथा फोर ह्वील ड्राइभ अप्सनमा आउनेछ। चार्जिङका लागि कम्पास ईभीले ४ सय भोल्ट सपोर्ट गर्नेछ। २० देखि ८० प्रतिशत चार्ज गर्न २७ मिनेटमात्र लाग्ने दाबी स्टेलेन्टिसले गरेको छ।

कम्पनीको दाबीअनुसार कम्पास ईभीमा प्रयोग भएको ब्याट्री निक्कै इफिसियन्ट रहेको छ। १४ किलोवाट आवर ब्याट्रीको खपतबाट १ सय किलोमिटर दुरी तय गर्ने सक्ने स्टेलेन्टिसले जनाएको छ।   

images

प्रकाशित : शनिबार, माघ १३ २०८००३:०५

प्रतिक्रिया दिनुहोस