सोमबार, वैशाख १७ गते २०८१    
images
images

१९ वर्षदेखि चर्चामा रहेको उत्तरगंगा जलविद्युत आयोजना निर्माणको कानूनी बाटो खुल्यो

डीपीआरको जिम्मा नयाँ कम्पनीलाई दिने तयारी, डेढ खर्ब रकम सुनिश्चततासँगै निर्माणमा जाने

images
images
images
१९ वर्षदेखि चर्चामा रहेको उत्तरगंगा जलविद्युत आयोजना निर्माणको कानूनी बाटो खुल्यो

आयोजना सम्पन्न गर्नका लागि डेढ खर्ब रूपैयाँ रकम आवश्यक भएकाले रकम सुनिश्चितता अर्को महत्वपूर्ण काम आयोजनाका लागि आवश्यक रहने आयोजनाका प्रमुख अम्बिकेश झाले बताए। आयोजनाको निर्माणको चर्चा २०६१ सालदेखि चल्दै आएको छ।

images
images

बागलुङ- बहुप्रतिक्षित उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि कानूनी अड्चन हटेको छ। सरकारको प्राथमिकताको आयोजनाका रुपमा रहेको बागलुङको ढोरपाटन उपत्यकामा बनाइने उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि कानूनी बाटो खुला भएको छ।

images
images
images

नेपालकै सस्तो र नमुना जलविद्युत् आयोजनाका रुपमा चर्चा कमाएको उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत भएको छ। ईआईए स्वीकृत भएसँगै अब आयोजनाको काम अघि बढ्ने देखिएको छ। आयोजना सिकार आरक्षभित्र निर्माण गर्नुपर्ने भएकाले कानूनीरुपमा संरक्षित क्षेत्रभित्र वातावरणीय प्रभाव मूल्यांकनबिना आयोजना अघि बढ्दैन।

images

जलाशययुक्त जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट आयोजनाले २०७६ सालमा ऊर्जा मन्त्रालयको विद्युत् विकास विभागमा पेस गरेको चार वर्षपछि स्वीकृति पाएको छ।

images

वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भएसँगै ढोरपाटन सिकार आरक्ष क्षेत्रभित्र पर्ने आयोजनामा काम गर्नका लागि सरकारले स्वीकृति प्रदान गरेको आयोजनाका प्रमुख अम्बिकेश झाले जानकारी दिए।

images
images

'कानूनी अड्चन पूरा भएको छ, ठूलो आयोजना तत्कालै बन्दैन, वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत हुनु भनेको उक्त आयोजना बन्नका लागि सरकारले स्वीकृति दिनु हो', झाले भने, 'विसं २०७६ मा बुझाएको वातावरणीय प्रभाव मूल्यांकन अहिले आएर स्वीकृत भएको छ, यो आयोजना नेपालकै एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षभित्र पर्ने भएकाले कानूनी जटिलता धेरै थियो, आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत हुनु भनेको सिकार आरक्षभित्र काम गर्न सरकारले अनुमति दिनु हो।'

आयोजना अब बजेट सुनिश्चततासँगै निर्माणमा जानसक्ने उनको भनाइ छ। आयोजनाको प्रारम्भिक अध्ययन भए पनि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बन्न सकेको छैन। डीपीआरका लागि सम्झौता गरेको कम्पनीसँग सम्झौता रद्द गरेर नयाँ कम्पनीलाई डीपीआरको जिम्मा दिने तयारी आयोजनाको छ। वातावरण संरक्षण नियमावलीअनुसार उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्न वातावरणीय प्रभावका हिसाबले उचित ठहर भएको पाइएको छ।

आयोजनाले उत्पादन लाइसेन्सका लागिसमेत विद्युत् विकास विभागमा निवेदन दिइसकेको छ। अब आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहण गर्ने तयारी थालिनेछ। आयोजना सम्पन्न गर्नका लागि डेढ खर्ब रूपैयाँ रकम आवश्यक भएकाले रकम सुनिश्चितता अर्को महत्वपूर्ण काम आयोजनाका लागि आवश्यक रहने झाले बताए।

आयोजनाको निर्माणको चर्चा २०६१ सालदेखि चल्दै आएको छ। झाकाअनुसार आयोजनाले उत्तरगंगा पावर कम्पनीमार्फत निरन्तररुपमा आयोजनाको काम गरिरहेको र ठूलो आयोजना भएकाले समय बढी खर्च भइरहेको छ। उक्त बागलुङको ढोरपाटनबाट बग्ने उत्तरगंगा नदी उपत्यकामा बाँध बाँधेर हिउँद र बर्खामा समान विद्युत् उत्पादन गर्ने लक्ष्य आयोजनाको रहेको छ।

हिउँद र बर्खामा आठ सय २८ मेगावाट क्षमताको विद्युत् उत्पादन हुने प्रारम्भिक सर्वेक्षण रिपोर्टले बताएको छ। बागलुङमा बगिरहेको उत्तरगंगा नदी रुकुमको सानीभेरीमा मिसिँदै आएको छ। विद्युत् उत्पादन गर्न उक्त नदीको पानीलाई निसीखोलामा झार्ने आयोजनाको लक्ष्य छ।

विसं २०६१ देखि आयोजनाको प्रारम्भिक सर्वेक्षण सुरु गरे पनि वातावरणीय प्रभाव मूल्यांकनको काम भने चार वर्षअघि मात्रै सम्पन्न भएको थियो। उक्त रिपोर्ट अहिले स्वीकृत भएपछि आयोजना निर्माण हुनेमा जनतामा आशा पलाएको छ। ढोरपाटनको उत्तरगंगा नदीमा दुई सय मिटर अग्लो बाँध बाँधेर जम्मा गरेको पानीलाई सुरुङमार्ग हुँदै एक हजार छ सय ३४ मिटर तल खसालेर निसीखोलामा झार्ने सम्भाव्यता अध्ययनमा उल्लेख गरिएको छ। रासस

images

प्रकाशित : शनिबार, माघ १३ २०८००२:१२

प्रतिक्रिया दिनुहोस