शुक्रबार, चैत १६ गते २०८०    
images
images

भरतपुरमा अटोल्याण्ड निर्माण अझै अन्योलमा

images
images
भरतपुरमा अटोल्याण्ड निर्माण अझै अन्योलमा

भरतपुरमा अटोल्याण्ड (अटोभिलेज) बनाउने चर्चा चलेको बर्षौँ भए पनि काम भने सुरुआत हुनसकेको छैन। पछिल्लो समय अटोल्याण्ड नहुँदा नारायणगढ बजार अव्यवस्थित बनेको छ। 

images
images

काठमाडौं- भरतपुरमा अटोल्याण्ड (अटोभिलेज) बनाउने चर्चा चलेको बर्षौँ भए पनि काम भने सुरुआत हुनसकेको छैन। पछिल्लो समय अटोल्याण्ड नहुँदा नारायणगढ बजार अव्यवस्थित बनेको छ। 

images
images
images

बजारको सौन्दर्यमा ह्रास आउनुका साथै कुरुप बनेको छ। नारायणगढका व्यवसायीहरूले अटोल्याण्ड बनाउन भरतपुर महानगरसँग पटक–पटक माग पनि गर्दै आइरहेका छन्। 

images

अटोल्याण्ड निर्माण भए बजारमा अव्यवस्थितरूपमा छरिएर रहेका वर्कशप र ग्यारेज एकत्रित हुनुका साथै बजारको सौन्दर्यकरण पनि बढ्ने व्यवसायीको भनाइ छ।

images
images

भरतपुर महानगरले वडा नं ३ को नारायणी नदी किनार नगरवन क्षेत्र मा अटोल्याण्ड बनाउने योजना अघि सारेको छ। महानगरपालिकाका प्रवक्ता एवं अटोल्याण्ड व्यवस्थापन समितिका सदस्य अरुणपीडित भण्डारीले नदी किनार क्षेत्रमा ३५ बिघा जग्गामा अटोल्याण्ड बनाउने गरी विस्तृत प्राविधिक प्रतिवेदन (डिपिआर) तयार भइसकेको जानकारी दिए। आठ महिनाअघि डिपिआर बनेको बताउँदै प्रवक्ता भण्डारीले अब छिट्टै काम सुरु गरिने जानकारी दिए।

अटोल्याण्ड व्यवस्थापन समितिमा अटोमेकानिक व्यवसायी सङ्घ चितवन र चितवन अटो मोबाइल्सल एशोसिएशनका तर्फबाट प्रतिनिधित्व गर्दै संयोजन गरिरहनुभएका बलराम भण्डारीले अटोल्याण्ड बनाउन इआइएको प्रक्रिया अगाडि बढेको जानकारी दिए। उनले करिब रु दुई अर्ब ८० करोडको लागत अनुमान गरिएको र यसभित्र नारायणी तटबन्धनसमेत रहेको बताए। 

‘अटोल्याण्ड बनेपछि अटोमोबाइलसम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट उपलब्ध हुने छ। यातायातका सम्पूर्ण सवारीसाधन मर्मत गर्ने वर्कशप एकै ठाउँमा रहेर सेवा प्रदान गर्नेछ’, उनले भने। सहरको वातावरण सफा राख्न र जथाभावी खुलेका वर्कशप तथा ग्यारेजलाई एकत्रित गर्न अटोल्याण्डले सहज हुने उनले बताए।

नेपाल अटो मेकानिकल्स व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष गोपाल भट्टराईले भरतपुरमा अटोल्याण्डको आवश्यकता महसुस गरेर आफूहरुले विसं २०६४ देखि नै यसको माग गर्दै आएको जानकारी नेता दिए ।  उनले भरतपुर महानगर बनेपछि बल्ल यसको आवश्यकता महसुस गरेको भए पनि काम अघि बढ्न नसकेको बताए। 

अव्यवस्थितरूपमा बजारको बीचमा रहेका वर्कशपबाट उत्पादन हुने फोहर र ध्वनि प्रदूषणले बजारलाई कुरुप बनाइरहेकाले त्यो एकै ठाउँमा व्यवस्थित भएपछि यो समस्या हट्ने छ। 

यदि कसैले आफ्नो जग्गामा व्यवस्थित तवरले वर्कशप चलाउँछ भने उसले जहाँ पनि वर्कशप सञ्चालन गर्न पाउने भट्टराईको भनाइ छ । अरुलाई अप्ठ्यारो हुने गरी सञ्चालनमा रहेका वर्कशपलाई मात्र अटोल्याण्डमा ल्याइने भएकाले सबै नगरवासी र व्यवसायीलाई यस कार्यमा सहयोग गर्न उहाँले आग्रह गरे।

“नारायणीमा ठूलो तटबन्धन नभई काम छैन। अहिले जहाँ जग्गा दिने भनेको छ। त्यहाँ यस वर्ष बाढी पसेको थियो’, उनले भने, ‘तटबन्धनसहित बाटोघाटो र पानी पु¥याएर महानगरले जग्गा हस्तान्तरण गर्नुपर्छ। त्यसपछि व्यवसायी आफैँले भवन बनाउँछन्।’ अटोल्याण्ड बनेपछि महानगरलाई पनि फाइदैफाइदा हुने उनको भनाइ छ। ‘हामीले जग्गाको भाडा महानगरलाई तिर्छौँ। महानगरलाई फाइदैफाइदा छ। सहर पनि सुन्दर हुन्छ’, उनले भने।

एशोसिएशनका पूर्वअध्यक्ष शिवराज गिरीले भरतपुरमा अटोल्याण्डका आवश्यकता रहेको बताए। उनले बजार पृथकीकरण सिद्धान्तअनुसार अटोल्याण्डको अवधारणा ल्याइएको बताए। उनले मर्मत गर्न लामो समय लाग्ने सवारी तथा वर्कशपलाई ल्याण्डमा ल्याउन आवश्यक रहेको बताए। सामान्य मर्मत तथा एकै दिनमा सम्पन्न हुने काम भने ठाउँठाउँमा राख्न सकिने उनको भनाइ छ।
रासस

images

प्रकाशित : आइतबार, मंसिर १९ २०७८०५:३६

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ