शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

टीकापुरमा थालियो केराको थामबाट रेसा उत्पादन

images
शनिबार, माघ १३ २०८०
images
images
टीकापुरमा थालियो केराको थामबाट रेसा उत्पादन

यसरी उत्पादन भएको रेसा कपडा र बिछ्याउने कार्पेट बनाउन प्रयोग हुन्छ। कच्चा पदार्थ बिक्री गर्न काठमाडौं पठाइने भएको छ।

images
images

टीकापुर- कैलालीको टीकापुर-८ स्थित धनसिंहपुरमा केराको थामबाट रेसा उत्पादन थालिएको छ। धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाले उद्योग स्थापना गरी रेसा उत्पादन थालेको हो। 

images
images
images

यसरी उत्पादन भएको रेसा कपडा र बिछ्याउने कार्पेट बनाउन प्रयोग हुन्छ। सहकारीले उत्पादन गरेको कच्चा पदार्थ बिक्री गर्न काठमाडौं पठाइने भएको छ। सहकारीले काठमाडौंको एक कपडा उत्पादन गर्ने उद्योगसँग कच्चा पदार्थ बिक्री गर्ने सहमतिअनुसार उद्योग स्थापना गरिएको धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाका व्यवस्थापक रामकृष्ण चौधरीले जानकारी दिए।

images

केराको रेसा उत्पादनका लागि सहकारीले हाल प्राविधिकसहित दुई कर्मचारी राखेर काम थालेको छ। रेसा उत्पादन गर्ने मेसिनको टीकापुर नगरपालिका-८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले हालै उद्घाटन गरे। केराको थामबाट रेसा उत्पादन गर्ने सुदूरपश्चिमा पहिलो उद्योग भएको व्यवस्थापक चौधरीको दाबी छ।

images
images
images

'केराको थाम पाउन समस्या छैन', उनले भने। सहकारीले भवन बनाउने, आम्दानी गर्ने, सहकारी बलियो हुने मात्र नभई समुदायमा रोजगारीको वातावरणसमेत सिर्जना गर्ने काम गरेको छ। सहकारीले रेसा उत्पादन गर्ने  उपकरणसँगै रेसा पकाउने मेसिन र धागो बनाउने चर्खासमेत जडान गर्ने भएको छ।

केराको धागो र रेसा बनाउन सहकारीको दुई लाख रूपैयाँ र दुई लाख रूपैयाँ दिगो विकास समाज भजनीले लगानी गर्न लागेको व्यवस्थापक चौधरीले बताए। खेर गइरहेको केराको थाम प्रयोग गरेर आम्दानी गर्न सकिने भएकाले केराको रेसा निकाल्ने मेसिन सञ्चालनमा ल्याएको उनले बताए।

सहकारी आफैले तालिम सञ्चालन गरी सेयर सदस्यलाई सीप सिकाएर हाते ब्याग, गुन्द्री, टोपीलगायतका सामग्री उत्पादन गरेर आम्दानी लिने उद्देश्य राखेको छ। विसं २०६८ मा स्थापना भएको सो सहकारीले सेयर सदस्यलाई आयआर्जनसँग जोड्न विभिन्न कार्यक्रम गर्दै आएको छ। रासस


प्रकाशित : शनिबार, माघ १३ २०८०११:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend