सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

काठमाडौंमा आज यस वर्षकै न्यून तापक्रम

images
शनिबार, माघ १३ २०८०
images
काठमाडौंमा आज यस वर्षकै न्यून तापक्रम

जुम्लामा माइनस पाँच दशमलव तीन र मुस्ताङको जोमसोममा माइनस पाँच दशमलव पाँच डिग्री रेकर्ड भएको छ।

images
images

काठमाडौं- हिउँदे वर्षा नभए पनि देशभर चिसो भने बढिरहेको छ। काठमाडौं उपत्यकामा पनि चिसो बढ्ने क्रम जारी छ। 

images
images
images

काठमाडौं उपत्यकामा आज यस वर्षकै सबैभन्दा कम दुई दशमलव पाँच डिग्री तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए।

images
images

आज बिहान पाँच बजेतिर न्यूनतम तापक्रम दुई दशमलव नौ डिग्री मापन भएकामा अहिले बिहान ८:४५ बजेको समयमा झरेर न्यूनमत तापक्रम दुई दशमलव पाँच डिग्री मापन गरिएको छ। दुई दिनअघि न्यूनतम तापक्रम तीन डिग्री मापन भएको थियो।

images
images

जुम्लामा माइनस पाँच दशमलव तीन र मुस्ताङको जोमसोममा माइनस पाँच दशमलव पाँच डिग्री रेकर्ड भएको वरिष्ठ मौसमविद् अर्यालले बताए। उनले अहिले गण्डकी, कोसी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहेको बताए।

अन्य क्षेत्रमा भन्दा यो क्षेत्रमा बढी बदली रहेको र तराईको सबै क्षेत्रमा हुस्सु लागिरहेको उनले बताए। तराईमा राम्रोसँग घाम नलाग्ने तर लागे पनि कम न्यानो हुन्छ। रासस


प्रकाशित : शनिबार, माघ १३ २०८०११:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend