शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

रकम मात्रै होइन, समय पनि लगानी हाे

images
बुधबार, भदौ २३ २०७८
images
images
रकम मात्रै होइन, समय पनि लगानी हाे

मानिसको उमेर हिसाबले भन्दा यो समय बाल्यकाल  नै हो। लगानीको हिसाबले भन्ने हो भने यो एक युग हो। यहाँसम्म आइपुग्दा केही महत्वपूर्ण लगानी र त्यसका आधारहरु तयार भइसकेका छन्।

images
images

लगानी बोर्ड स्थापना भएको एक दशक पूरा भएको छ। आर्थिक समृद्धिका लागि ठूला–ठूला लगानीकर्ता भित्र्याउने एक संस्थागत प्रयास र आधार तय भएको छ।

images
images
images

मानिसको उमेर हिसाबले भन्दा यो समय बाल्यकाल नै हो। लगानीको हिसाबले भन्ने हो भने यो एक युग हो। यहाँसम्म आइपुग्दा केही महत्वपूर्ण लगानी र त्यसका आधारहरु तयार भइसकेका छन्।

अबको १० वर्षभित्र हाम्रा अपेक्षाहरु पूरा गर्ने स्तरका लगानीहरु भित्र्याउन आवश्यक छ। केही वर्ष अगाडि सरकारले सार्वजनिक साझेदारी लगानी ऐन ल्याइसकेको छ। बोर्डको काममा यसले अझै सहजता र जिम्मेवारी थपेको छ। हामी के भन्छौं हैन के गर्छौ भने विषय महत्वपूर्ण हो। हामी लगानीको वातावरण बनाइरहेका छौ।

images

यहाँ विभिन्न खालका प्रश्न उठेका छन्। हामी लगानीको वातावरण कसरी सहज बनाउँछौं, लगानीकर्ताहरुले उठाएका समस्याहरु हामी सम्बोधन गर्छौ कि गर्दैनौं, त्यो हामीले पक्कै पनि गर्नुपर्छ। सहजताका लागि ऐन नियम बनाएका छौं। त्यसलाई सहजीकरण गर्न पर्याप्त ध्यान जानेछ।

images

समृद्धिका लागि नेपाली जनताको ठूलो आकांक्षा छ। लगानीकर्ताको लगानीतर्फ आकर्षण बढेको छ। फेरी पनि हाम्रो देशमा पर्याप्त लगानी नभइसकेको अवस्थामा हामीले समिक्षासहति लगानीको वातावरण बनाउन पर्छ।

लगानी बोर्ड नेपाल जो छ, लगानी भित्र्याउने एउटा ढोका हो। यो ढोकाबाट प्रवेश गर्दैगर्दा लगानीकर्तालाई हामीले विश्वास दिलाउन सक्नुपर्छ। हाम्रो स्रोत साधनको प्रचुरता हुँदाहुँदै जनताको विकास आकांक्षासँग तालमेल मिलाउन धेरै काम गर्नु पर्ने आवश्यकता छ।

लगानी प्रवाहलाई प्रवर्द्धन गर्नका लागि सरकारले सार्वजनिक निजी साझेदारी लगानी ऐन,  वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन,  औधोगिक ऐन जस्ता लगानीमैत्री कानुनहरु निर्माण भएका छन्। अब मात्रा त्यस्ता कानुनहरुको कार्यन्वयनमा जोड दिँदै सहजताका साथ छिटो छरितो आवश्यकता छ।

रकम मात्रै लगनी हैन। समय पनि लगनी हो। समयको लागनी पनि महत्वपूर्ण छ। सयमलाई सदुपयोग गर्न सकेको अवस्थामा मात्रै पुँजी लागनीले फल दिने हो। यसकारण समयको लागनीलाई पनि सँगसँगै जोडेर लैजानु पर्छ।

हामीले पीपीपी मोडललाई ४ पीमा जोड्नु पर्छ। चाथौ पी भने पिपुल्स हो। आयोजना स्थलका स्थानीय जनतालाई जोड्दा सरल ढंगले आयोजना पुरा गर्न सक्छौं भने अनुभवहरू छन्।

लगानीको उद्देश्य गरिबी अन्त्य र व्यापार घाटा कम गर्दै देशलाई एउटा समृद्ध स्तरमा पुर्‍याउने नै हो। यसका लागि हामीसँग धेरै समय छैन।

छोटो समयमा नै लगानी भित्र्याउने हो। विदेशी लगानी सँगै देश भित्रको लगानीकर्ताहरुलाई पनि उत्साहका साथ लगानी गर्न अनुरोध गरिरहेका छौं। उहाँहरु लागि रहनु भएको पनि छ। सरकार,  निजी क्षेत्र र विदेशी लगानी कर्ताको सहकार्यमा मात्रै यी सबै विषय सम्भव छ।

लगानी बोर्डले यसको नेतृत्व गरेको छ। सबै साझेदार तथा लगानी कर्ताहरूसँग लगानीबोर्डले लगानीमैत्री वातावरण बनाइरहेका छन्। अझै यसलाई सरल बनाउनु पर्छ। लगानीकर्तालाई झन्झट दिने हैन स्वागत गर्न सक्नु पर्छ।

लगानीकर्तालाई हातहातै योजना दिन सक्नु पर्छ। सयममा लगानीकर्ताहरुलाई परियोजना दिन सक्नु पर्छ। त्यो किसिमको तयारी आवश्यक छ र हुनुपर्छ।

नेपालमा उपलब्ध स्रोत र श्रम पनि मुख्य पुँजी हो। यो पुँजीलार्ई गतिशिल,  प्रभावकारी र परिमाण मुखी बनाउन पनि विदेशी लगानी आवश्यक छ।

(लगानी बोर्डको वार्षिक उत्सवमा अर्थमन्त्री शर्माले राखेको धारणा)


प्रकाशित : बुधबार, भदौ २३ २०७८०७:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend