शनिबार, साउन १२ गते २०८१    
images
images
images

अध्यक्ष नभए पनि धितोपत्र बोर्डले ७ अर्बको आईपीओ र एफपीओको अनुमति दिँदै

images
आइतबार, मंसिर १९ २०७८
images
images
अध्यक्ष नभए पनि धितोपत्र बोर्डले ७ अर्बको आईपीओ र एफपीओको अनुमति दिँदै
images

काठमाडौं- नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिमा ढिलाइ हुने भएपछि प्रक्रिया पूरा गरेका कम्पनीहरूलाई धमाधम साधारण सेयर (आईपीओ) र एफपीओ जारी गर्न अनुमति दिइने भएको छ। धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया सरकारले पुनः सुरु गर्न लागेपछि रोकिएका प्रक्रिया अगाडि बढाइने भएको हो। 

images
images

हाल नेपाल धितोपत्र बोर्डमा २५ कम्पनीका ६ अर्ब ८० करोड ७६ लाख ४ सय बराबरको ६ करोड १३ लाख ५६ हजार ४ कित्ता आईपीओ निष्कासनका लागि अनुमति कुरेर बसेका छन्। तीन लघुवित्त कम्पनीले फरदर पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने अन्तिम तयारीमा रहेको छ।

images

एफपीओ ल्याउने अन्तिम तयारीमा रहेका किसान लघुवित्त कम्पनी, नयाँ साथी लघुवित्त कम्पनी र मिर्मिरे लघुवित्त कम्पनीले एफपीओ जारीका लागि नेपाल धितोपत्र बोर्डको अनुमति कुरेर बसेका छन्। 

तीनवटै कम्पनीले दुई सय रुपैयाँभन्दा पनि सस्तो मूल्यमा एफपीओ ल्याउन लागेका हुन्। १६ लाख ७९ हजार २ सय २४ कित्ता बरारबको २० करोड ९६ लाख ४५ हजार ७ सय ५ रुपैयाँ एफपीओ अनुमति कुरेर बसेका छन्। 

images

‘अब धमाधम अनुमति दिनका लागि प्रक्रिया सुरु गरेका छौँ,’ नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले भने।

अध्यक्ष नियुक्ती ढिलाइ भएपछि अर्थमन्त्रालय प्रतिनिधिको रोहवरमा सञ्चालक समितिको बैठकले निर्णय गर्ने भएको छ। प्रशासनिक काम बोर्डले गर्ने र अर्थको रोहवरमा निर्णय लिने गरी काम सुरु गरेको निर्देशक गिरीले जानकारी दिए। 

पछिल्लो समय सर्वोत्तम सिमेन्ट सेयर खरीद प्रकरणमा मुछिएपछि धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना बर्खास्त भएका थिए। अध्यक्ष बर्खास्त भएसँगै लामो समय भइसक्दा पनि बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छैन। नेपाल धितोपत्र बोर्डको अध्यक्ष बनाउन अर्थमन्त्री जनार्दन शर्माले छनोट समितिलाई हस्तक्षेप गर्न खोजेपछि नयाँ प्रक्रिया सुरु हुने भएको छ। जसको लागि फेरि मन्त्रीपरिषद् बैठकले छनोट समिति बनाउने भएको हो। 

यसअघि अर्थमन्त्रालयले समिति बनाएको थियो। तर धितोपत्र ऐनमा नेपाल सरकारले समिति बनाउने भन्ने व्यवस्था गरेको छ। नेपाल सरकार भनेको अर्थ मन्त्रालयभन्दा पनि मन्त्रिपरिदलाई बुझाउने भएकाले समिति मन्त्रिपरिषदबाट अनुमोदन हुनुपर्ने कानून मन्त्रालयले राय दिएको थियो।

अर्थ मन्त्रालयले योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको संयोजकत्वमा समिति बनाएको थियो। नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ। आवेदन दिने अन्तिम दिन २५ गते बिहीबारसम्म १२ जनाको आवेदन परेको थियो। 

६ अर्ब ८० करोडको आईपीओ पाइपलाइनमा 

हाल धितोपत्र बोर्डमा २५ कम्पनीका कुल ६ अर्ब ८० करोड ७६ लाख ४०० बराबरको ६ करोड १३ लाख ५६ हजार ४ कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेका हुन्। 

नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएसँगै आईपीओ निष्कासन गर्ने तयारीमा रहेका हुन्।

२५ वटा कम्पनीमध्ये ६ वटा लघुवित्त वित्तीय संस्था, दुई वटा इन्स्योरेन्स कम्पनी, १५ वटा हाइड्रोपावर कम्पनी र दुई अन्य समूहका कम्पनी रहेका छन्। अन्य समूहका कम्पनीहरूमा इमर्जिङ नेपाल र डिस मिडिया नेटवर्क रहेका छन्।  


प्रकाशित : आइतबार, मंसिर १९ २०७८०१:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend