शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

सरकारले ल्यायो हरित हाइड्रोजन नीति, उत्पादन र उपयोगितामा प्रोत्साहन

images
बिहीबार , माघ ११ २०८०
images
images
सरकारले ल्यायो हरित हाइड्रोजन नीति, उत्पादन र उपयोगितामा प्रोत्साहन

सरकारले जारी गरेको नीतिमा हाइड्रोजन ऊर्जाको उत्पादन तथा उपयोगका विषयमा थप कानूनी तथा नियमकीय व्यवस्था गर्ने र त्यस्तो नीतिगत व्यस्थाबाट उत्पादन तथा उपयोगका लागि प्रोत्साहन गरिने उल्लेख छ।

images
images

काठमाडौं- नेपाल सरकारले हरित हाइड्रोजन नीति पारित गरेको छ। नवीकरणीय ऊर्जाको पछिल्लो स्वरुप हाइड्रोजनका बारेमा संसाभर भइरहेको अध्ययन अनुसन्धान तथा अग्रसरतामा नेपाल पनि सहभागी भएको छ। 

images
images
images

हाइड्रोजन ऊर्जाको उत्पादन, उपयोग र भण्डारणका विषयमा संसारभर अहिले भइरहेको अध्ययन अनुसन्धानमा सहभागी हुन भन्दै नेपालले पनि नीति ल्याएको हो। हरित हाइड्रोजनको प्रारम्भिक अवस्थामै भएपनि उत्पादन तथा अनुसन्धानलाई तीव्रता दिने र त्यसका लागि नीतिगत व्यवस्था गर्न भन्दै नीति ल्याइएको हो। 

images

सरकारले जारी गरेको नीतिमा हाइड्रोजन ऊर्जाको उत्पादन तथा उपयोगका विषयमा थप कानूनी तथा नियमकीय व्यवस्था गर्ने र त्यस्तो नीतिगत व्यस्थाबाट उत्पादन तथा उपयोगका लागि प्रोत्साहन गरिने उल्लेख छ। 

images
images
images

सकारी तथा नीजी साझेदारी मोडलमा ऊर्जाको उत्पादन तथा खपतका विषयमा थप अनुसन्धान गरिने नीतिमा उल्लेख गरिएको छ। 

संसारभर अहिले पेट्रोलियम पदार्थको विकल्पको रुपमा हाइड्रोजन ऊर्जालाई हेरिएको छ। यसका लागि एकातिर ऊर्जामै अनुसन्धान भइरहेको छ भने अर्कोतिर उपयोगिताका बारेमा पनि अनुसन्धान भइरहेको छ। सवारीदेखि जहाज निर्माताहरूले हाइड्रोजन सेलबाट चल्ने इन्जिन विकासमा काम गरिरहेका छन्। 

नेपालले पनि यस्तै उपयोगिताका लागि हाइड्रोजन ऊर्जालाई विकास गर्ने नीतिमा घोषणा गरेको छ। 

सुरक्षित र किफयति उत्पादनलाई अघि बढाउनका लागि सरकारले प्रोत्साहन गर्ने र निजी क्षेत्रको सहभागितालई वृहत बनाउँदै लिने सरकारले नीतिबाट घोषणा गरेको छ। यसबाट नेपालको ऊर्जा समीकरण अझ बलियो हुने विश्वास सरकारको छ। 

नेपालमा अहिले जलविद्युत र पेट्रोलियम पदार्थ ऊर्जाको रुपमा सबैभन्दा धेरै खपत हुन्छ। त्यस्तै सौर्य ऊर्जाको हिस्सा न्यून रहेको छ। 

 

 


प्रकाशित : बिहीबार , माघ ११ २०८००९:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend