शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

६ महिनामा २ सय ११ उद्योग दर्ता, १ खर्ब ३६ अर्बको लगानी प्रतिबद्धता

images
बुधबार, माघ १० २०८०
images
images
६ महिनामा २ सय ११ उद्योग दर्ता, १ खर्ब ३६ अर्बको लगानी प्रतिबद्धता

दर्ता उद्योगको संख्या उल्लेख्य मात्रामा बढे पनि लगानी प्रतिबद्धता रकम भने गत आवको ६ महिनाको तुलनामा चालु आवमा कमी हो।

images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि पुस मसान्तसम्ममा उद्योग विभागमार्फत २ सय ११ उद्योग दर्ता भएका छन्। दर्ता भएका उद्योगमार्फत १ खर्ब ३६ अर्बको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

images
images
images

चालु आवको ६ महिनमा दर्ता उद्योगको संख्या गत आवको भन्दा बढी हो। गत आवको सोही अविधा १ सय ४५ वटा उद्योग दर्ता भएका थिए।

images

दर्ता उद्योगको संख्या उल्लेख्य मात्रामा बढे पनि लगानी प्रतिबद्धता रकम भने गत आवको ६ महिनाको तुलनामा चालु आवमा कमी हो। गत आवको ६ महिनमा १ अर्ब ३९ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो।

images
images
images

६ महिनाको अवधिमा ठूला उद्योग २८ वटा, मझौला उद्योग १६ वटा र साना उद्योग १ सय ६७ वटा दर्ता भएका छन्। 

विभागका अनुसार विदेशी लगानी स्वीकृत संख्या भने २ सय २६ वटा रहेको छ। ६ महिनामा २२ अर्ब ३३ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ। 

दर्ता उद्योगमा १३ हजार ६ सय ७० जनाका लागि रोजगारीको प्रस्ताव गरेको छ। ६ महिनामा १५ वटा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत भएको विभागले जनाएको छ। 


प्रकाशित : बुधबार, माघ १० २०८०१६:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend