काठमाडौं- नयाँ स्कट एक्सचेञ्ज कम्पनीको आवश्यकता भए नभएको बारेमा अध्ययन गर्न सरकारले समिति गठन गरेको छ। नेपाल राष्ट्र बैंकको सञ्चालक समितिका सदस्य चिन्तामणि सिवाकोटीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।
समितिले नेपालमा अहिलेको स्टक एक्सचेञ्ज कम्पनीको अवस्था, धितोपत्र बजारको विकासका लागि अर्को कम्पनी आवश्यक भए नभएको बारेमा अध्ययन गर्नेछ।
समितिले सरकारलाई सुझावसहितको प्रतिवेदन बुझाउनेछ।
समितिका सदस्यका बारेमा भने निर्णय प्रष्ट छैन। यसअघि पनि सरकारले अध्ययन गरेको थियो। धितोपत्र बोर्डले पछिल्लो समय नयाँ कम्पनीलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाएको थियो। तर सरकारले रोकिदिएको थियो।