बुधबार, माघ ३० गते २०८१    
बुधबार, माघ ३० २०८१
images
images

जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी १८ प्रतिशतले बढ्यो

images
शनिबार, मंसिर १८ २०७८
images
images
जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी १८ प्रतिशतले बढ्यो
images
images

काठमाडौं- आर्थिक वर्ष २०७७ को कात्तिक मसान्तसम्म जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी ३३ अर्ब ४४ करोड रुपैयाँ रहेकोमा चालु आवको कात्तिक मसान्तसम्म १७.९७ प्रतिशतले बढेर ३९ अर्ब ४४ करोड ९२ लाख रुपैयाँ पुगेको छ। 

images
images
images

त्यस्तै निर्जीवन कम्पनीहरूको चुक्ता पुँजी आव २०७७ कात्तिक मसान्तसम्म १८ अर्ब ३८ करोड १२ लाख रुपैयाँ रहेकामा चालु आवको कात्तिक मसान्तसम्म आइपुग्दा ७.९६ प्रतिशतले बढेर १९ अर्ब ८४ करोड ४१ लाख रुपैयाँ पुगेको छ। 

images
images

हालसम्म जीवन बीमालेखको संख्या ८९ लाख ३० हजार ८ पुगेको छ। यो चालु आवको कात्तिक मसान्तसम्मको संख्या हो। २०७७ कात्तिक मसान्तसम्ममा ७० लाख ३८ हजार २ सय वटा बीमालेख जारी भएको थियो। 

images
images
images

गत वर्षको सोही अवधिको तुलनामा यो वर्षको कात्तिक मसान्तसम्म बीमालेखको संख्या २६.८८ प्रतिशतले बढेको बीमा समितिले जनाएको छ। 

 


प्रकाशित : शनिबार, मंसिर १८ २०७८१२:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend