शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

उच्चशिक्षा अध्ययन गर्न परशुराम नगरपालिकाले बिनाब्याज पाँच लाखसम्म कर्जा दिने

images
बुधबार, माघ १० २०८०
images
images
उच्चशिक्षा अध्ययन गर्न परशुराम नगरपालिकाले बिनाब्याज पाँच लाखसम्म कर्जा दिने

यसै शैक्षिक सत्रबाट लागु हुनेगरी सो कर्जा उपलब्ध गराउने कार्य अघि बढाइएको नगरप्रमुख भरत बडायर जोशीले जानकारी दिए।

images
images

डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिकाले उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीलाई कर्जा दिने भएको छ। नगरपालिकाले एसइई वा सोभन्दा माथिको शैक्षिक तह अध्ययन गर्न चाहनेलाई बिना ब्याजमा कर्जा दिने निर्णय गरेको हो। 

images
images
images

नगरपालिकाको १४औँ नगरसभाबाट प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि शैक्षिक प्रमाणपत्र धितो राखी बिना ब्याजमा पाँच लाख रूपैयाँसम्म कर्जा दिन निर्णय भएको नगरप्रमुख भरत बडायर जोशीले जानकारी दिए। उनका अनुसार यसै शैक्षिक सत्रबाट लागु हुनेगरी सो कर्जा उपलब्ध गराउने कार्य अघि बढाइएको छ।

images

आर्थिक अभावमा उच्च शिक्षा अध्ययन गर्न कठिनाइ भोगिरहेका विद्यार्थीलाई नगरपालिकाले बिनाब्याज शैक्षिक प्रमाणपत्र धितो राखेर उच्चशिक्षा अध्ययनका लागि ऋण दिने व्यवस्था गरेको प्रमुख जोशीको भनाइ थियो। यो निर्णयले भित्री मधेशका विद्यार्थी हर्षित बनेका छन्।

images
images
images

१४औँ नगरसभाबाट शैक्षिक कर्जासम्बन्धीको ऐन पारित गरी उक्त निर्णय कार्यान्वयन गर्न लागिएको नगरप्रमुख जोशीले जानकारी दिए। उच्च शिक्षा अध्ययन गर्नका लागि प्रदान गरिने कर्जा लिनका लागि विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्था नेपाल सरकारको स्वीकृति प्राप्त वा सरकारबाट मान्यता प्राप्त हुनुपर्ने प्रावधान रहेको परशुराम नगरपालिकाले जनाएको छ।

लक्षित समुदायका बालबालिकासहित लोपोन्मुख परिवार, विपन्न वर्ग र महिलाको शिक्षामा पहुँच बढाउन सहुलियतता प्रदान दिनेगरी नगरपालिकाले शिक्षामा लगानी गर्न लागेको जोशीको भनाइ थियो। उक्त कर्जा लिनका लागि विद्यार्थीले वडाकार्यालयमा निवेदन पेस गरी सिफारिस लिनुपर्नेछ।

उक्त ऋण एक परिवारको एकजनाले मात्रै पाउनेछन्। उक्त कर्जा रकम शैक्षिक कोर्षको अन्तिम परीक्षा दिएको एक वर्षभित्र २५ प्रतिशत र दुई वर्षभित्र ५० प्रतिशत, तीन वर्षभित्र ७५ प्रतिशत र चार वर्षभित्र सबै फिर्ता गर्नुपर्ने प्रावधान राखिएको छ। कर्जासम्बन्धी पारित भएको ऐन राजपत्रका प्रकाशित भएपछि चालु आर्थिक वर्षदेखि लागु गरिने नगरपालिका कार्यालयले जनाएको छ। रासस


प्रकाशित : बुधबार, माघ १० २०८०१५:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend