काठमाडौं- नेपाल दाना उद्योग संघले दानाको मूल्य बढाएको छ। संघले मंसिर १९ गते आइतबारबाट लागू हुने गरी दानाको मूल्य बढाएको हो। संघले ब्रोईलर दाना, लेयर्स दाना र गाईभैंसी दानाको मूल्य बढाएको हो।
संघले प्रतिकेजी ब्राईलर दानामा ६ रुपैयाँ ५० पैसा, लेयर्स दाना ५ रुपैयाँ र गाईभैंसी दाना १ रुपैयाँ ५० पैसा बढाएका हो। यसैगरी संघले बंगुर दानाको मूल्य बढाएको छ। बंगुर दानामा प्रतिकेजी ५ रुपैयाँ बढाएको हो। मूल्य बढेसँगै मासुको मूल्य समेत बढने अनुमान गरिएको छ।