शनिबार, वैशाख २२ गते २०८१    
images
images

कोटेश्वरमा फ्लाइओभर र अन्डरपास बनाउन जापानसँग ३१ अर्ब ऋण लिइँदै

images
images
images
कोटेश्वरमा फ्लाइओभर र अन्डरपास बनाउन जापानसँग ३१ अर्ब ऋण लिइँदै

जाइकाले अध्ययन सकेर बनाउन सकिने देखिएपछि परियोजना अघि बढाउन सरकार स्रोत जुटाउन लागिपरेको हो।

images
images

काठमाडौं- सरकारले काठमाडौंको कोटेश्वरको ट्राफिक व्यवस्थापनका लागि विभिन्न भौतिक संरचना बनाउने भएको छ। यसअघि पनि कोटेश्वरमा वैकल्पिक संरचना बनाउने विषयमा जापान सहयोग नियोग (जाइका) ले अध्ययन गरेको थियो। 

images
images
images

सोही अध्ययनअनुसार सरकारले कोटेश्वरमा ‘अन्डरपास’ र ‘फ्लाइओभर’ सहितका संरचना निर्माण हुने भएको छ। त्यसका लागि सरकारले जापानसँग ३१ अर्ब २ करोड रुपैयाँ ऋण लिने भएको छ। 

images

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले कोटेश्वर ‘इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट’ कार्यान्वयनका लागि ३४ अर्ब ४९ करोड जापानी येन (करिब ३१ अर्ब २ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रुप दिन जापान सरकारसँग वार्ता गर्न टोली गठन गरेको छ।

images

योसँगै कोटेश्वर क्षेत्रमा ट्राफिक जामको समस्या समाधानको दीर्घकालिन संरचना बन्ने भएको छ। कोटेश्वर क्षेत्रमा बन्ने संरचनाको सम्भाव्यता अध्ययनको काम जापानी सहयोग नियोग जाइकाले गरिसकेको छ ।

images
images

जाइकाले गरेको अध्ययन र सरकारी योजनाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिणी भागमुनि अन्डरपास र जडीबुटीदेखि कोटेश्वर चोकसम्म फ्लाइओभर निर्माण गरिनेछ। कोटेश्वर चोकको जाम हटाउन बनाइने फ्लाइओभर र सुरुङमार्गको प्रारम्भिक लागत करिब २५ अर्ब रुपैयाँ अनुमान गरिएको छ। सोहीअनुसार सरकारले जापान सरकारसँग ३१ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण लिन वार्ता टोली बनाएको हो। 

सरकारले आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रममा यो परियोजना बनाउने घोषणा गरेको थियो। घोषणा गरेको लामो समयसम्म यसको प्राविधिक पक्षबारे अध्ययन भएको थिएन। जाइकाले विगतदेखि नै यसबारे चासो देखाएकाले सडक विभागको समन्वयमा कोटेश्वर ‘इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट’ अध्ययनको जिम्मा पनि जाइकालाई नै दिइएको थियो। जाइकाले अध्ययन सकेर बनाउन सकिने देखिएपछि परियोजना अघि बढाउन सरकार स्रोत जुटाउन लागिपरेको हो। 

जडीबुटी-कोटेश्वर-तीनकुने खण्डमा फ्लाइओभर र सुरुङमार्ग (अन्डरपास) सहितको संरचना बनाइने सडक विभागले जनाएको छ। जाइकाले कोटेश्वरमा तीन प्राविधिक विकल्पसहित सरकारलाई सुझाव दिएको थियो। त्यसमध्ये सरकारले तीनकुने चोक र जडीबुटीमा फ्लाइओभर बनाउने तथा कोटेश्वर चोकसहित बीचको खण्डमा अन्डरपास बनाउने विकल्प रोजेको सडक विभागले जनाएको छ। 

जाइकाले २०७६ को कात्तिकमै अध्ययनको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको थियो। सोहीअनुसार जाइकाले अन्तिम प्रतिवेदन सडक विभागलाई दिएको हो। मनोहरा पुलदेखि पेप्सीकोला मोडिने चोकसम्म फ्लाइओभर बन्ने र जडीबुटीबाट तीनकुनेको मुनिभैरव मन्दिर छेउसम्म ६०० मिटरको सुरुङ बनाउन जाइकाले सिफारिस गरेको छ। अन्डरपास विमानस्थलको रनवे-सिग्नल दिने लाइट राखिएको क्षेत्रभन्दा मुनि बनाइने छ। विमानस्थलको सुरक्षा दृष्टिकोणले सो क्षेत्रमा अन्डरपास बन्ने छ।   

तीनकुनेको मुनिभैरव मन्दिरसम्म बन्ने सुरुङमार्गको मुखमा फ्लाइओभर जोडेर त्यसलाई बाग्मती पुलसम्म ल्याइने छ। यसअनुसार दुवैतर्फ ५/५ सय मिटरको फ्लाइओभर बनाएर कनेक्सन जोडिने योजना छ। 

images

प्रकाशित : मंगलबार, माघ ९ २०८००७:१२

प्रतिक्रिया दिनुहोस