आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

सूचक र सेवामा नै अब्बल बन्ने यात्रामा राष्ट्रिय वाणिज्य बैंक

images
बुधबार, माघ १० २०८०
images
सूचक र सेवामा नै अब्बल बन्ने यात्रामा राष्ट्रिय वाणिज्य बैंक
images
images

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंक आज बुधबार ५८ वर्ष पूरा गरी ५९ औँ वर्षमा प्रवेश गरेको छ। बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २ सय ८६ वटा शाखा कार्यालय, ७० वटा एक्सटेन्सन काउन्टर, ३ सयवटा एटीएम र १ सय २ वटा शाखारहित बैंकिङ सेवा रहेको छ।

images
images
images

राष्ट्रिय वाणिज्य बैंकले गत वर्षको पहिलो ६ महिनामा २ अर्ब ७८ करोड खुद नाफा गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा केही घटेर २ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ। 

images
images

माघको लागि २० बैंकमध्ये सबैभन्दा सस्तो आधारदर पनि राष्ट्रिय वाणिज्य बैंकको रहेको छ। बैंकको आधारदर सबैभन्दा कम ८.२५ प्रतिशत छ। जुन अन्य वाणिज्य बैंकको भन्दा सस्तो हो।

images
images

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा यस बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७२ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा ६ अर्ब रुपैयाँ रहेको थियो। गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा बैंकको इम्पियरमेन्ट चार्ज बढेको छ।

गत वर्ष समीक्षा अवधिमा बैंकको इम्पियरमेन्ट खर्च २९ करोड ८४ लाख रहेकोमा चालु आर्थिक वर्ष बढेर ४३ करोड ९५ लाख रुपैयाँ पुगेको छ। 

गत वर्ष ३ अर्ब ८३ करोड रुपैयाँ बैंकको सञ्चालन मुनाफा रहेकोमा चालु आर्थिक वर्षको पुस मसान्तसम्म २ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। गत वर्षको पुस मसान्तसम्ममा बैंकको खराब कर्जा २.७९ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ३.९५ प्रतिशत पुगेको छ।

हाल बैंकको चुक्ता पुँजी १५ अर्ब ६३ करोड रुपैयाँ रहेको छ। पुस मसान्तसम्ममा यस बैंकको रिटेन अर्निङ ४० करोड ६२ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको रिटेन अर्निङ ९१ करोड ८४ लाख रुपैयाँ रहेको थियो। 

सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंक

२०२२ साल माघ १० गते ढड्डा प्रणालीबाट सुरु गरेको राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ कारोबारमा हाल प्रविधिमा आधारित डिजिटल कारोबारमा उल्लेख्य प्रगति भएको छ। नेपालका वाणिज्य बैंकहरूमध्ये सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सबैभन्दा बढी डिजिल कारोबार (विद्युतीय कारोबार) गर्न सफल भएको हो।

बैंकले पछिल्लो समय प्रविधिमा पर्याप्त लगानी गरिरहेको छ। अब राष्ट्रिय वाणिज्य बैंक परम्परागत प्रणालीबाट डिजिटलाइजेसनतर्फ गएको घोषणा यसअघि नै गरिसकेको छ। बैंकले आधुनिक डिजिटल बैंकिङ सेवा प्रवाह गरिरहेकाले सबै ग्राहकहरुलाई निर्धक्कसँग बैंकिङ सेवा प्रयोग गर्न आग्रहसमेत गर्दै आएको छ।  

९९ वटा शाखारहित बैंकिङ सेवा, ६९ वटा एक्स्टेन्सन काउण्टर, क्यूआर कोड सेवा, पीओएस (पोइन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आइपीएस, स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोबाइल बैंकिङ (डिजिटल संसार) तथा बिना इन्टरनेट चल्ने मोबाइल बैंकिङका सेवाहरु समेत सञ्चालनमा रहेका छन्।

वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम

५९औँ वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना भैरहेका छन्। बैंकको ५९ औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा बैंकको केन्द्रीय कार्यालय परिसर, प्रादेशिक कार्यालयहरु तथा विभिन्न शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रमको २०८० आयोजना भएका थिए।

बैंक सञ्चालक समितिका अध्यक्ष दिलीप कुमार ढुङ्गाना तथा प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै सर्वसाधारण प्रति बैंकिङ संचेतना गर्ने उद्धेश्यले समाज प्रतिको उत्तरदायीत्व बहन गर्दै बैंकले वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको बताए।

rbb.jpeg

केन्द्रीय कार्यायबाट सुरु भएको प्रभातफेरी कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष, सदस्यहरु, बैंकका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतहरु, उपकार्यकारी अधिकृतहरु, कर्मचारी ट्रेड युनियनका अध्यक्षहरु, विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो। 

बैंकको केन्द्रीय कार्यालय परिसरमा तथा देशब्यापी रुपमा सम्पूर्ण प्रादेशिक कार्यालयहरुमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४ सय ७७ जना रक्तदाताहरुले रक्तदान गरेका थिए।

त्यस्तै बैंकको ५९ औँ वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम, स्वास्थ्य परीक्षण, विभिन्न खेलकुद प्रतियोगिता फुटसल, क्रिकेट, टेबलटेनिस, ब्याडमिन्टन, म्युजिकल चेयर्स, चेस, हाजिरी जवाफ कार्यक्रम आयोजना गरिएको थियो।


प्रकाशित : बुधबार, माघ १० २०८००८:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend