शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

शंकास्पद कारोबारको प्रवृत्ति - सम्पत्ति शुद्धीकरण र करछलीको धेरै रिपोर्टिङ

मंगलबार, माघ ९ २०८०
शंकास्पद कारोबारको प्रवृत्ति - सम्पत्ति शुद्धीकरण र करछलीको धेरै रिपोर्टिङ

शंकास्पद कारोबार धेरै हुने मुद्रा, बैंकिङ, विदेशी विनिमय, ठगी, कर र सम्पत्ती शुद्धीकरण रहेका छन्। त्यस्तै अपराध, भ्रष्टाचार र घुस लगायतका क्षेत्र पनि उल्लेख्य रहेका छन्।

काठमाडौं- नेपालमा संदिग्ध वित्तीय कारोबारको आशंकमा हुने रिपोर्टिङमा सबैभन्दा धेरै सम्पत्ति शुद्धीकरण देखिएको छ। नेपाल राष्ट्र बैंक मातहतको वित्तीय जानकारी एकाइको गत वर्षको वार्षिक प्रतिवेदनमा करिब आधा रिपोर्टिङ सम्पत्ति शुद्धीकरणको हुने गरेको छ।

कुल ५ हजार ९३५ संदिग्ध कारोबार रिपोर्टिङ भएका छन्। यो गत अघिल्लो वर्षको तुलनामा आधाले बढी हो। पछिल्लो तीन वर्षमा करिब तीन गुणाले यस्तो गतिविधि बढेको छ। 

यसरी भएका कारोबारमा ३ हजार २६६ वटा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित रहेका छन्। सम्पत्ति शुद्धीकरणपछि सबैभन्दा धेरै करछली, तस्करी रहेको छ भने क्यासिनो  तथा गेमिङ गतिविधिमा पनि ४२० वटा रिपोर्टिङ भएका छन्। 

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको वित्तीय कारोबारका सूचक र सीमाभन्दा अधिक तोकिएको मापदण्डभन्दा धेरैको कारोबार र अन्य निर्धारित विधिका माध्यमबाट संदिग्ध कारोबार बढिरहेको छ। 

राष्ट्र बैंकले जारी गरेको निर्देशनअनुसार संकस्पाद कारोबारको रिपोर्ट कम्पनीहरूले ३ दिनभित्र गरिसक्नुपर्छ। सबैभन्दा पहिला कारोबारको सीमा निर्धारण गरिएको हुन्छ। निश्चिति सीमाभन्दा धेरैको कारोबार भएमा त्यसो पनि रिपोर्ट गर्नुपर्छ। तर सीमाभन्दा माथिका हरेक कारोबार शंकास्पद हुँदैनन्। 

सीमाभन्दा माथिको कारोबार हुनेबित्तिकै कम्पनीहरूले त्यस्तो कारोबार गर्नेहरूको अवस्थिति र थप जानकारी लिन्छन्। यसपछि कम्पनीहरुले रिपोर्ट गर्छन्। 

मागेको जानकारी नपाइएमा वा कारोबार पुष्टी हुने अरु आधार नभएमा कम्पनीले शंकास्पद कारोबारका रुपमा वित्तीय जानकारी एकाइमा रिपोर्ट गर्छन्। 

यसरी हुने शंकास्पद कारोबारको संख्या समग्रमा नेपालमा आधाले बढेको छ। गएको वर्षभर विभिन्न क्षेत्रमा ५ हजार ९३५ वटा यस्ता कारोबार भएका छन्। यसमा सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्थाले रिपोर्ट गरेका छन्। सीमाभन्दा धेरै कारोबारको रिपोर्ट धेरै भएपनि सहकारीबाट भने यस्तो रिपोर्ट नगन्य छ। गएको वर्ष जम्मा १ वटा यस्ता कारोबार छन्। 

जबकी सहकारीमा पछिल्लो समय सीमाभन्दा माथिको कारोबारमा उछाल आएको छ। राष्ट्र बैंकले सहकारीका लागि एक दिनमा १० लाख रुपैयाँभन्दा धेरै बचत राख्ने  तथा झिक्ने। विद्युतीय वा अन्य भुक्तानी १० लाखभन्दा धेरै सदस्य वा अन्य व्यक्तिलाई देशभित्र वा बाहिर गरेमा त्यसलाई निगरानी राख्नुपर्ने कारोबारको सूचीमा राखेको छ। यस्तो कारोबारको संख्यामा पछिल्लो समय सहकारीमा व्यापक वृद्धि भएको छ। तर शंकास्पद लगानीको रिपोर्टिङ भने नगन्य रहेको छ। 

शंकास्पद कारोबार धेरै हुने मुद्रा, बैंकिङ, विदेशी विनिमय, ठगी, कर र सम्पत्ति शुद्धीकरण रहेका छन्। त्यस्तै अपराध, भ्रष्टाचार र घुस लगायतका क्षेत्र पनि उल्लेख्य रहेका छन्। 


प्रकाशित : मंगलबार, माघ ९ २०८०१७:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend