शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

४० लाख खर्चिएर निकुञ्जमा थालियो घाँसेमैदान व्यवस्थापनको काम

images
मंगलबार, माघ ९ २०८०
images
images
४० लाख खर्चिएर निकुञ्जमा थालियो घाँसेमैदान व्यवस्थापनको काम

विगतका वर्षहरुमा घाँसेमैदान व्यवस्थापनमा धेरै लगानी गरिने भएको भए पनि पछिल्ला वर्षहरुमा बजेट निकै कम विनियोजन गर्ने गरिएको छ। निकुञ्जभित्र १० हजार हेक्टर हाराहारी घाँसेमैदान छ। त्यसमध्ये हरेक वर्ष एक हजार हेक्टर क्षेत्रफल हाराहारी घाँसेमैदान व्यवस्थापन हुँदै आएको छ।

images
images

चितवन- चितवन राष्ट्रिय निकुञ्जमा घाँसेमैदान व्यवस्थापनको काम सुरु गरिएको छ। निकुञ्जभित्रका वन्यजन्तुलाई आहाराका लागि यो समयमा घाँसेमैदान व्यवस्थापनको काम गर्ने गरिन्छ।

images
images
images

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जले विनियोजन गरेको बजेट र तराई भू-परिधि कार्यक्रम (ताल)को बजेटबाट घाँसेमैदान र पानीका तलाउको व्यवस्थापनको काम भइरहेको छ। निकुञ्जले तीन सय ७० हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापन गर्न ४० लाख ७० हजार रूपैयाँमा बोलपत्र आह्वान गरी काम सुरु गराएको छ।

images

तिवारीका अनुसार लामिताल, सुखिभार र भिम्ले क्षेत्र तथा आसपासमा घाँसेमैदानको व्यवस्थापन गरिँदै छ। तालको सहयोगमा भिम्ले क्षेत्रमा सात लाख रूपैयाँको लागतमा घाँसेमैदानको काम गरिएको छ। पदमपुर क्षेत्रमा तालकै सहयोगमा घाँसेमैदान व्यवस्थापनका लागि ४० लाख रूपैयाँको ठेक्का लगाइएको उनले जानकारी दिए।

images
images
images

तिवारीका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोषले पनि तीन सय हेक्टर जमिनमा घाँसेमैदान व्यवस्थापनको काम गरिरहेको छ। थप एक सय हेक्टरमा घाँसेमैदान व्यवस्थापनको काम गर्ने जनाइएको छ। विगतका वर्षहरुमा घाँसेमैदान व्यवस्थापनमा धेरै लगानी गरिने भएको भए पनि पछिल्ला वर्षहरुमा बजेट निकै कम विनियोजन गर्ने गरिएको छ।

घाँसेमैदान व्यवस्थापन गर्दा ठूला ढड्डीहरु फाँडेर नयाँ घाँसलाई मुना पलाउन सहज बनाइन्छ। अधिकांश ठाउँमा ट्र्याक्टरको प्रयोग गरिन्छ भने ट्र्याक्टर नजाने ठाउँमा मानिसले मात्रै काम गर्ने गरिन्छ। निकुञ्जभित्र १० हजार हेक्टर हाराहारी घाँसेमैदान छ। त्यसमध्ये हरेक वर्ष एक हजार हेक्टर क्षेत्रफल हाराहारी घाँसेमैदान व्यवस्थापन हुँदै आएको छ।

तिवारीका अनुसार एक वर्षमा चार करोड रूपैयाँसम्म घाँसेमैदान निर्माण र व्यवस्थापनमा खर्च गर्ने गरिएको थियो। पछिल्ला वर्षहरुमा क्रमशः बजेट कम हुँदै आएर निकै न्यून मात्र छुट्याउन थालिएको छ। यसबाट प्रत्यक्ष रुपमा गैँडा लगायतका विचरण गर्ने वन्यजन्तु र बाघका आहारा प्रजाति प्रभावित भएका छन्।

निकुञ्जको बजेटबाट छ लाख रूपैयाँको लागतमा ध्रुव क्षेत्रमा दुई तलाउ निर्माण गरिएको छ। यसैगरी लामितालमा पाँच लाख रूपैयाँ खर्च गरेर तालको मर्मतसम्भार गरिएको छ। तालको सहयोगमा पानी पोखरीको सरसफाइ र व्यवस्थापनका लागि २५ लाख रूपैयाँको ठेक्का लगाइएको छ।

तालकै सहयोगमा पदमपोखरी क्षेत्रमा पोखरी व्यवस्थापनका लागि २० लाख रूपैयाँको काम सुरु गरिएको छ। निकुञ्जमा गरिएको पछिल्लो गणनाअनुसार वयस्क पाटेबाघ एक सय २८ रहेका छन्। दुर्लभ एकसिंगे गैँडाको सङ्ख्या छ सय ९४ रहेको थियो। सन् २०२१ मा गैँडा गणना गरिएको थियो भने सन् २०२२ मा बाघ गणना गरिएको थियो। गैँडा र बाघका लागि यो निकुञ्ज प्रख्यात छ। रासस


प्रकाशित : मंगलबार, माघ ९ २०८०१६:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend