आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

कर्णाली : ६ महिनामा ११ करोडको कृषि वस्तु निर्यात हुँदा ७१ करोडभन्दा बढीको आयात

images
मंगलबार, माघ ९ २०८०
images
कर्णाली : ६ महिनामा ११ करोडको कृषि वस्तु निर्यात हुँदा ७१ करोडभन्दा बढीको आयात

कर्णालीमा सबैभन्दा धेरै तरकारी आयात भएको छ। चालु वर्षको छ महिनामा मात्रै कर्णालीमा २१ करोड ४९ लाख ५६ हजार रूपैयाँको तरकारी आयात हुँदा ९४ लाख ५० हजार रूपैयाँको मात्रै तरकारी निर्यात भएको छ।

images
images

सुर्खेत- कर्णालीमा ठूलो परिणाममा कृषि वस्तु आयात हुने गरेको पाइएको छ। कर्णाली प्रदेशबाट करिब ११ करोड रूपैयाँको कृषि वस्तु निर्यात हुँदा ७१ करोड रूपैयाँभन्दा धेरैको आयात हुने गरेको पाइएको हो।

images
images
images

कर्णाली प्रदेश कृषि विकास निर्देशनालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि पुस मसान्तसम्म १० करोड ८१ लाख ५७ हजार रूपैयाँको कृषि वस्तु निर्यात हुँदा ७१ करोड ७५ लाख ३० हजार रूपैयाँको कृषि वस्तु आयात भएको हो। कर्णालीमा सबैभन्दा धेरै तरकारी आयात भएको छ। चालु वर्षको छ महिनामा मात्रै कर्णालीमा २१ करोड ४९ लाख ५६ हजार रूपैयाँको तरकारी आयात हुँदा ९४ लाख ५० हजार रूपैयाँको मात्रै तरकारी निर्यात भएको छ।

images
images

दैलेख, जाजरकोट, मुगु, सल्यान, कालीकोट र सुर्खेतबाट तरकारी प्रदेशबाहिर नीकासी हुने गरेको छ भने दाङ, धादिङ र भारतबाट आयात हुने गरेको छ। प्रदेशमा तीन करोड १३ लाख १० हजार रूपैयाँको खाद्यान्न वस्तु आयात हुँदा कर्णालीबाट ४४ लाख १६ हजार रूपैयाँको निर्यात हुने गरेको छ।

images
images

आलु नौ करोड ९९ लाख दुई हजार रूपैयाँको आयात भएको छ। कर्णालीबाट २८ लाख २४ हजारको आलु निर्यात भएको छ। फलफूल ३५ करोड ५८ लाख ९४ हजारको फलफूल आयात हुँदा नौ करोड ७४ लाख छ हजार रूपैयाँको निर्यात भएको छ।

त्यसैगरी, मसला बाली दुई करोड १३ लाख २९ हजार, च्याउ २० लाख २९ हजार र अन्य १० लाख १९ हजार रूपैयाँको आयात भएको छ। कर्णालीबाट मसलाबाली छ लाख ८२ हजार, च्याउ पाँच हजार र अन्य ३३ हजार रूपैयाँको निर्यात भएको कृषि निर्देशनालय निमित्त निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए।

निमित्त निर्देशक रोकायका अनुसार कर्णालीमा चालु आवको छ महिनामा दश हजार मेट्रिकटनभन्दा धेरै कृषि वस्तु आयात भएको छ। त्यसमा खाद्यान्नबाली ५५ दशमलव दुई मेट्रिकटन चालु आवको छ महिनामा निर्यात भएको छ। त्यसैगरी, तरकारी तीन सय १५ दशमलव तीन मेट्रिकटन र आलु एक सय ४१ मेट्रिकटन निर्यात भएको उनको भनाइ छ।

कर्णालीबाट सबैभन्दा धेरै फलफूल निर्यात भएको छ। फलफूल करिब एक हजार तीन सय ९६ दशमलव एक मेट्रिकटन निर्यात भएको जनाइएको छ। त्यसैगरी, मसलाबाली १० दशमलव पाँच मेट्रिकटन, च्याउ शून्य दशमलव तीन मेट्रिकटन र अन्य शून्य दशमलव छ मेट्रिकटन निर्यात भएको निर्देशक रोकायले बताए। उनका अनुसार कर्णालीमा अधिकांश कृषि वस्तु भारतबाट आयात हुने गरेका छन्। त्यसपछि दाङ, धादिङ, बाँके र चितवनबाट समेत आयात हुने गरेको छ। 

कर्णालीका पाँच जिल्लामा उत्पादन भएको वस्तुको निर्यात धेरै हुने गरेको छ। सरकारले भने उत्पादनमुखी कार्यक्रम ल्याएर प्रदेशलाई आत्मनिर्भर बनाउने दाबी गर्दै आएको छ। प्रदेशमा कृषि क्षेत्रमा वार्षिक अर्बौँ बजेट विनियोजन हुने गरे पनि परिणामुखी भने हुन नसकेको कृषि विज्ञले बताएका छन्। रासस


प्रकाशित : मंगलबार, माघ ९ २०८०१६:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend