मंगलबार, वैशाख १८ गते २०८१    
images
images

लामो रस्साकस्सीपछि चौधरी समूहमा पुगेको हिरो मोटरको अन्तरकथा

images
images
images
लामो रस्साकस्सीपछि चौधरी समूहमा पुगेको हिरो मोटरको अन्तरकथा

उक्त आश्वासन त्यतिबेला समाप्त भयो जतिबेला हिरो मोटोकर्पको बोर्डले भानलाई नोभेम्बर २०२३ देखि लागु हुनेगरी अर्को कार्यकालका लागि पुनर्नियुक्ति दियो।

images
images

काठमाडौं- नेपालमा ५० को दशकका युवाका लागि हिरोहोन्डा मोटरसाइकल ‘ड्रिम’का रुपमा थियो। भारतीय कम्पनी हिरोसँगको साझेदारीमा जापानी ब्रान्ड होन्डाले भारतमा उत्पादन गरेका हिरोहोन्डाका मोटरसाइकल नेपाली बजारमा लोकप्रिय थियो। जुन ज्योति समूहले बिक्री गर्दै आएको थियो।

images
images
images

भारतमा हिरो र होन्डाबीच खटपट भएर दुई ब्रान्ड अलग हुने निधोमा पुगे। विभिन्न चरणको छलफलपछि सन् २०१० देखि हिरो र होन्डा अलग अलग ब्रान्डमा चल्ने र उत्पादनदेखि बिक्रीसम्म सबै विषयमा कित्ताकाट भयो। २०१० देखि २०१४ सम्म हिरोहोन्डाकै इन्जिन दुवै ब्रान्डका मोटरसाइल तथा स्कुटरमा प्रयोग हुने र २०१४ पछि हिरोले आफ्नै इन्जिन बनाउनेगरी सहमति भयो। 

images

भारतमा अलग्गिएसँगै नेपालमा ज्योतिसमूहका दुई भाइ पद्य र रुप ज्योतिबीच हिरो र होन्डाको अंशबन्डा भयो। पुर्ख्यौली सम्पत्ति बन्डा गरेझैँ हिरो र होन्डा बाँड्दा आफूसँग मुन्जालको राम्रो सम्बन्ध भएकाले रुप ज्योतिले हिरो ब्रान्ड रोजे। 

images

त्यसपछि नेपालमा पद्य ज्योतिको स्याकार ट्रेडिङले होन्डा बिक्री गर्ने भयो भने रुप ज्योतिको नेपाल जनरल मार्केटिङ (एनजीएम) हिरोका मोटरसाइकल बिक्री गर्ने तय भयो।

images
images

हिरो ब्रान्ड रुपका छोरा अभिक ज्योति र होन्डा ब्रान्ड पद्यका छोरा सौरभ ज्योतिले हेर्न थाले। यो परिस्थितिले दुई बाउछोरा नै मोटरसाइकल बिक्रीमा आमनेसामने हुन पुगे। अंशबन्डाको विवादले निम्त्याएको तिक्ततामा ब्रान्ड प्रतिस्पर्धाले मलजल गर्‍यो।  

२०१४ देखि हिरोले आफ्नै इन्जिनमा मोटरसाइकल बनाउन थालेको थियो। भारतमा स्वदेशी ब्रान्डका रुपमा मार्केटिङ गरेर छोटो समयमै राम्रो संख्यामा मोटरसाइकल तथा स्कुटरको बिक्री गर्न हिरो मोटोकर्प सफल भयो। भारतमा राष्ट्रिय भावनाले हिरोका मोटरसाइकलप्रति उपभोक्ता आकर्षित भए।

नेपालको बजार भने फरक हुँदै गयो। होन्डाले आफ्नो पुरानो लिगेसी कायम राख्न सक्यो भने हिरोलाई 'ब्रान्ड स्ट्याबलिस' गर्नै लामो संघर्ष गर्नु परेको थियो। 

त्यहीबीच नेपालमा मन्द विषकै रुपमा विकास हुँदै आइरहेको कर्पोरेट हाउसबीच ब्रान्ड खोसाखोसको भुमरीमा हिरो पनि पर्‍यो।

हिरोले नेपालमा बिक्री गर्न सक्नेजति संख्यामा मोटरसाइकल बिक्री गर्न नसकेको भनेर धेरै व्यावसायिक घरानाले डेटासहितको ‘प्रिजेन्टेसन’ हिरो मोटोकर्पका व्यवस्थापनमा पठाउन थाले। हिरो मोटोकर्पका मालिक पवन मुन्जालसँग राम्रो सम्बन्धका बाबजुत सबै दैनन्दी काममा मुन्जाल संलग्न नहुने भएकाले व्यवस्थापनले नेपालबाट गएका दर्जनौँ प्रपोजल अध्ययन र आफ्नो बजार हिस्साबारे एक-एक गरेर केलाउन लागे। यही क्रममा हिरोको व्यवस्थापन र नेपालका ज्योतिहरूबीच चर्काचर्की चर्कँदै गयो।

परिणामस्वरुप हिरो मोटोकर्पले २०२३ फेब्रुअरीमा एनजीएमसँगको आधिकारिक बिक्रेताको सम्झौता तोड्यो। सम्झौता अवधि एक वर्ष बाँकी छँदै आफूले भनेअनुसार सर्त नमानि एसेम्बल प्लान्ट लगाउन लागेको भन्दै तोडिएको थियो। एनजीएमले त्यसविरुद्ध अदालतमा मुद्दा हाल्यो र तत्काल सम्झौता रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न हिरो मोटोकर्प इन्डियाका नाममा गत वर्ष फागुनमा जिल्ला अदालत काठमाडौंले अन्तरिम आदेश दिएको थियो। 

मुद्दापछि थप पेचिलो बन्यो 

हिरोले सम्झौता रद्द गरेको र त्यसविरुद्ध ज्योति समूह अदालत पुगेपछि दुई पक्षबीच आधिकारिक बिक्रेताको विषय थप पेचिलो बन्यो।

अदालतले एनजीएमको पक्षमा आदेश दिएपछि ज्योतिसमूह अन्य दुई/तीनवटा कम्पनीमार्फत मुद्दा लिएर उच्च अदालत पाटन पुगेका थिए।

ती मुद्दा अहिले पनि अदालतमा विचाराधीन छन्। उक्त मुद्दामा ज्योति समूहले बाराको परवानीपुरमा आफूले करिब १ अर्ब रुपैयाँ लगानी गरेर हिरोको एसेम्बल प्लान्ट बनाइरहेको र स्टकमा रहेका सामान ब्रान्डको आधिकारिक बिक्रेता तोडेपछि त्यसको क्षतिपूर्ति पाउनु पर्ने माग गरेको छ। 

हिरो इन्डिया आफ्नो ब्यवस्थापनले लिएको निर्णयमा टसको मस नहुने देखियो भने रुप ज्योतिले आफूले सक्ने र क्षमताले भ्याएसम्म यत्न जारी राखे। 

ज्योतिले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका सहयोगीमार्फत पनि मुन्जाल परिवामा कुरा पुर्‍याए। आफैँले प्रेमकान्त र पवन मुन्जालसम्म पुग्नका लागि धेरै प्रयास गरे। लामो प्रयासपछि उनले मुन्जाललाई भेट्ने अवसर पाए र भेटे। उक्त भेटमा हिरो मोटोकर्प इन्डियाका ग्लोबल बिजनेसका चिफ बिजनेस अफिसर सञ्जय भानको २०२३ सेप्टेम्बरबाट टर्म सकिने र त्यसपछि विषय सेफ ल्यान्डिङ हुने आश्वासन मुन्जालबाट ज्योतिले पाए।

ज्योति समूह सगोलमै हुँदा भारतबाट हिरोहोन्डा ल्याउने प्रक्रियामा रुप ज्योति नै सक्रिय थिए। त्यसैकारण मुन्जाल परिवारसँग रुपको बढी निकटता थियो। रुप मुन्जाल परिवारसँग तीन दशकभन्दा बढी समयदेखि नजिक थिए। त्यसैले रुपले हिरो लिने निर्णय गरे र पछिल्लो घनिष्टता २०१४ देखिको हो। 

अटो शोमा आफ्नो ब्रान्ड सहभागी नगराउन नाडालाई हिरोको पत्र

गएको भदौमा नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा नाडा अटो शो हुँदै थियो। नाडाले सहभागी हुने ब्रान्डदेखि स्टलसम्म सबै छनोट गरिसकेको थियो। हिरो ब्रान्डले पनि अटो शोमा सहभागिता जनाउँदै थियो। 

आधिकारिक बिक्रेताको विवादबीच एनजीएम हिरोले भदौ २६ गतेबाट हुने अटो शोमा सहभागी हुने निर्णय गरेको थियो। तर त्यसको दुई दिनअघि हिरो मोटोकर्प इन्डियाले आफ्नो लेटर हेडमा नाडालाई सम्बोधन गरेर आफ्नो ब्रान्डलाई उक्त अटो शोमा सहभागी नगराउन पत्र पठायो। 

उक्त पत्रले एनजीएम हिरोलाई मात्र नभइ नाडालाई नै तरंगित बनाएको थियो। भदौ २५ गते साँझ नाडाका पदाधिकारीसहित भृकुटिमण्डपमा उपलब्ध सदस्यहरूले छलफल गरेर हिरो मोटोकर्पले नै आफ्नो ब्रान्ड सहभागी नगराउन भनेकाले हिरो ब्रान्ड नराख्ने निर्णय गर्‍यो। हिरोले पाएको ठाउँ खाली राख्दा नराम्रो म्यासेज जाने भन्दै नाडाले रातारात नामै नसुनिएको विद्युतीय दुईपांग्रे सवारीलाई स्थान उपलब्ध गराएको थियो। 

यति बेला सञ्जय भान हिरोको ग्लोबल बिजनेसका चिफ बिजनेस अफिसर नै थिए। उनकै जोडबलमा हिरोलाई नाडा अटो शो २०२३ मा सहभागी नगराउन पत्र पठाइएको थियो। 

नवलपुरमा बन्न थालिसकेको थियो एसेम्बल प्लान्ट

ज्योति समूहबाट हिरो मोटोकर्पको आधिकारिक बिक्रेता खोसिएपछि उक्त ब्रान्ड आफैले पाउनेमा विश्वस्त नै रहेछ सीजी मोटर। त्यसैले सीजी मोटरले गएको साउनदेखि नै नवलपुरमा रहेको सीजीधामको पछाडि गुपचुप रुपमा एसेम्बल प्लान्ट स्थापना गर्न भौतिक संरचना निर्माण सुरु गरिसकेको थियो। 

यसको पुष्टि सोमबार सीजी ग्रुपले पठाएको ‘सीजी मोटर हिरोको आधिकारिक बिक्रेता नियुक्त’ शीर्षकको प्रेस विज्ञप्तिले पनि गर्छ।

सीजी मोटर विगतदेखि नै हिरो आफैले पाउने निश्चित थिएन र एसेम्बल प्लान्ट बनाउन पनि थालेको थिएन भने २०२४ मार्चबाटै उसले कसरी नेपालमै हिरोका मोटरसाइकल एसेम्बल गर्न सक्छ त?

चौधरी समूहले पठाएको विज्ञप्तिमा भनिएको छ, ‘सीजी मोटर र हिरो मोटोकर्पबीचको सम्झौतामा नेपालमै एसेम्बल गर्ने र मार्च २०२४ देखि नेपालमै एसेम्बल गरेर सीजी मोटोकर्पले हिरोका मोटरसाइल तथा स्कुटर बिक्री सुरु हुनेछ। उक्त प्लान्टबाट वार्षिक ७५ हजार मोटरसाइकल बन्ने छ।’ 

यो तयारीले सीजी मोटर हिरो आफैले पाउनेमा निश्चिन्त भएर काम गरिरहेको थियो भन्ने नै जनाउँछ। 

सञ्जय भानको पुनर्नियुक्तिसँगै पछि फर्किएन हिरो

लामो मेहनतपछि रुप ज्योतिले पवन मुन्जाललाई भेट्ने अवसर पाए र भेटे। उक्त भेटमा हिरो मोटोकर्प इन्डियाका ग्लोबल बिजनेसका चिफ बिजनेस अफिसर सञ्जय भानको २०२३ सेप्टेम्बरबाट टर्म सकिने र त्यसपछि विषय सेफ ल्यान्डिङ हुने आश्वासन मुन्जालबाट ज्योतिले पाए। तर उक्त आश्वासन त्यतिबेला समाप्त भयो जतिबेला हिरो मोटोकर्पको बोर्डले भानलाई नोभेम्बर २०२३ देखि लागु हुनेगरी अर्को कार्यकालका लागि पुनर्नियुक्ति दियो। 

भानसहित हिरो इन्डियाको व्यवस्थापन टिम लामो समयदेखि नै ज्योति समूह तथा एनजीएम हिरोसँग सन्तुष्ट थिएन। पटक पटक मार्केट सुधार गर्न र नेटवर्क विस्तार गर्न भन्दै आएको सञ्जय भानको समूहले एसेम्बल प्लान्टको विषयलाई पेचिलो बनाएर विषय छिनोफानो गर्न चाहेको थियो।

भयो पनि त्यस्तै, हिरो मोटोकर्पका मालिक पवन मुन्जालका लागि नेपाली व्यवसायी तथा उनका साथी रुप ज्योतिभन्दा आफ्नो टिम तथा उच्च व्यवस्थापन भान नै प्रिय भए र उनकै निर्णयलाई हिरो मोटोकर्प इन्डियाको बोर्डले सदर गरिदियो।

त्यससँगै एनजीएम र हिरो मोटोकर्प इन्डियाबीच २०२२ अप्रिलमा भएको दुई वर्षे सम्झौता (जो २०२३ फेब्रुअरीमा हिरोले रद्द गरेको र नेपालका अदालतको आदेशका कारण ब्युँतिएको) २०२४ मार्चमा स्वतः सकिँदै छ।

उक्त सम्झौता सकिएलगत्तै लागु हुनेगरी हिरो मोटोकर्प इन्डियाले चौधरी समूहअन्तर्गतको सीजी मोटरलाई नयाँ आधिकारिक बिक्रेता नियुक्त गरेको चौधरी समूहले नै जनाएको छ। 

images

प्रकाशित : मंगलबार, माघ ९ २०८००२:२०

प्रतिक्रिया दिनुहोस