शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

आन्तरिक रोजगारको विवरण उपलब्ध गराउन स्थानीय तहलाई अनुरोध

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ ९ २०८०
images
images
आन्तरिक रोजगारको विवरण उपलब्ध गराउन स्थानीय तहलाई अनुरोध

एकीकृत तवरले रोजगारमूलक क्रियाकलापको प्रवर्द्धन तथा विस्तार गर्ने, स्थानीय तह मातहतको रोजगार सेवा केन्द्रबाट एकीकृत श्रम तथा रोजगार सेवा प्रवाहका लागि नीतिगत तथा कानूनी आधार निर्माण गरिने

images
images

काठमाडौं- सं‌घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई आन्तरिक रोजगारको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ।

images
images
images

मन्त्रालयले एक सूचना जारी गर्दै स्थानीय तहबाट गत आर्थिक वर्षमा रोजगारी सृजनासम्बन्धी सञ्चालन भएको आयोजना तथा कार्यक्रमको विवरण सात दिनभित्र उपलब्ध गराउन अनुरोध गरेको हो।

images

आगामी आर्थिक वर्ष २०८१/८२ देखि ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ का रुपमा अभियान सञ्चालन गर्ने, आन्तरिक रोजगार प्रवर्द्धन गर्ने निकायलाई पूर्ण जिम्मेवार बनाइ एकीकृत तवरले रोजगारमूलक क्रियाकलापको प्रवर्द्धन तथा विस्तार गर्ने, स्थानीय तह मातहतको रोजगार सेवा केन्द्रबाट एकीकृत श्रम तथा रोजगार सेवा प्रवाहका लागि नीतिगत तथा कानूनी आधार निर्माण गर्नका लागि मन्त्रालयले विवरण माग गरेको हो। 

images
images
images

रोजगारीको हकको संरक्षणसम्बन्धी काम कारबाहीको सञ्चालन, रेखदेख तथा निर्देशन गर्न यही पुस २२ गते श्रममन्त्री शरतसिंह भण्डारीको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकबाट सबै तहका निकायबाट रोजगारीको विवरण माग गर्ने निर्णय भएको थियो।


प्रकाशित : मंगलबार, माघ ९ २०८०१०:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend