शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

हिउँदमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण, तर छैन ठूलो वर्षाको छाँटकाँट

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ ८ २०८०
images
images
हिउँदमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण, तर छैन ठूलो वर्षाको छाँटकाँट

यसरी वर्षा नहुनु सबैका लागि एउटा चुनौती भएको छ। यो याममा मात्रै होइन वर्षाका बेलामा पनि मौसम घटबढ हुने देखिएको छ।

images
images

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेपनि आजका मितिसम्म खासै वर्षा हुन सकेको छैन।

images
images
images

हिउँदयामको यही माघ ४ गतेसम्मको प्राप्त विवरणअनुसार देशभरका २० वटा मापन स्टेशनको तथ्यांकमा चार दशमलव पाँच प्रतिशत मात्रै वर्षा भएको छ। देशभर कुल दुई दशमलव पाँच मिलिमिटर मात्रै वर्षा भएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी विभूति पोखरेलले बताइन्। 

images

'यो औषधभन्दा निकै कम वर्षा मापन हो, यो मापन २० स्टेशनको मात्रै हो, जलवायु परिवर्तनलगायत विभिन्न कारणले यसपाली पश्चिमी वायु सक्रिय हुन सकेको छैन', उनले भनिन्,' हिउँदको समय अझै बाँकी भएकाले पानी पर्ने सम्भावना भने कायम रहन्छ। 

images
images
images

उनका अनुसार अहिले वर्षा हुने देखिएको छैन। मङ्सिर १५ देखि फागुन १७ गतेसम्मको अवधि हिउँदयाम हो। यस अवधिमा हुने सरदर वर्षा ६० दशमलव एक मिलिमिटरलाई औषत वर्षा मानिएको छ। सूचना अधिकारी पोखरेलले अहिलेसम्म वर्षा कम भयो भनेर यो यामभरीकै विश्लेषण गर्ने बेला भने नभएको बताइन्।

यसपाली नेपालमा मात्रै होइन भारतको हिमालयन क्षेत्रमा पनि प्रक्षेपण नमिलेको बताउँदै उनले जलवायु परिवर्तनको असरलगायत कारण वर्षामा असर पारिरहेको जिकिर गरिन्।

मुख्य त पश्चिमी वायुको असरले नै वर्षा गराउने हो। अहिलेसम्म सक्रियरुपमा वर्षा देखिनु पर्ने हो तर देखिएको छैन। पछिल्लो हप्ता चिसो भने बढेको उनले बताइन्। 

यसरी वर्षा नहुनु भनेको विश्वकै लागि एउटा चुनौती भएको पनि विभागले जनाएको छ। यो याममा मात्रै होइन वर्षाका बेलामा पनि मौसम घटबढ देखिएको उनले बताइन्। उक्त विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक असर परिरहेको  छ।

आज काठमाडौंमा यस वर्षकै सबैभन्दा कम तापक्रम

काठमाडौंमा यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले आज काठमाडौंमा यस वर्षकै कम तापक्रम (तीन दशमलव दुई) रेकर्ड गरिएको बताए।

यसअघि गएको डिसेम्बर ५ तारिखमा न्यूनतम तापक्रम तीन दशमलव पाँच डिग्री रेकर्ड गरिएको थियो। उक्त रेकर्ड ब्रेक गर्दै आज शुन्य दशमलव दुई डिग्रीमा झरेको हो। आज काठमाडौं उपत्यकामा पारदर्शिता पनि घटेको छ। उनका अनुसार आज बढी चिसो अनुभव भएको छ।

बिहानका समयमा चाहिँ हुस्सु जस्तो देखिएको छ। उनले परदर्शिता तीन हजार मिटर रहेको बताए। यसअघि चार हजार मिटरमाथि नै हुने गरेकामा आज भने पारदर्शिता पनि घटेको हो। त्यसका कारण काठमाडौंमा आज बिहानदेखि कतिबेला घाम लाग्ने र कतिबेला नलाग्ने भइरहेको छ। चन्द्रागिरिलगायत उपत्यकाको उच्च क्षेत्रतर्फको बस्तीमा अझै कम घाम लागेको छ। लागेको घाम पनि न्यानो खालको छैन।

तराईमा बाक्लो हुस्सु र कुहिरो

महाशाखाले चिसो बढिरहेको बताएको छ। तराईका भूभागमा हुस्सु र कुहिरोले कुनै दिन खुल्ने कुनै दिन बेलुकासम्म नै हुस्सु कुहिरो लागिरहने गरेको पनि उनले बताए। त्यसका कारण बढी चिसो महसुस हुने गरेको छ। 

आइतबार रेकर्ड गरिएको तथ्याङ्कअनुसार जुम्लामा माइनस पाँच दशमलव छ डिग्री, जोमसोम माइनस पाँच डिग्री र दोलखाको जिरी मा एक डिग्री तापक्रम रेकर्ड गरिएको छ। आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ। 

तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने भएकाले त्यसबाट हुनसक्ने असरका साथै चिसोबाटसमेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउ विभागले सबैमा अनुरोध गरेको छ। रासस


प्रकाशित : सोमबार, माघ ८ २०८०११:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend