आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

सिताकेमा भविष्य खोज्दै काफ्ले दाजुभाइ

images
आइतबार, माघ ७ २०८०
images
सिताकेमा भविष्य खोज्दै काफ्ले दाजुभाइ

आत्मनिर्भर हुनका लागि विदेश नै जानुनपर्ने उदाहरण बनेका काफ्ले दाजुभाइ सिताके च्याउखेती तथा अन्य कृषि पेसाबाट मनग्य आम्दानी हुनेमा जोड दिन्छन्। प्रतिकिलो आठ सयदेखि एक हजार रूपैयाँसम्ममा आफ्नो उत्पादन बिक्री भइरहेको रामप्रसाद बताउँछन्।

images
images

मंगलबारे- नेपालमा रोजगारी नभएर विदेशिनेको सङ्ख्या बढ्दो भए पनि नेपालमै उद्यम गर्न चाहने र गर्नेहरु प्रशस्तै छन्। वैदेशिक रोजगारीका लागि जाने दैनिक हजारौँ युवाको भीडमा यहाँको माईजोगमाई गाउँपालिकाका काफ्ले दाजुभाइ भने विदेश नजाने सोचका साथ गाउँमा नै सिताके च्याउ खेती गरेर मनग्य आम्दानी गरिरहेका छन्।

images
images
images

उक्त गाउँपालिका-६ स्थित प्याङका काफ्ले दाजुभाइ सिताके च्याउ खेतीबाटै भविष्यका लागि आयआर्जनको उपाय खोजिरहेका छन्। घनेन्द्र काफ्ले र रामप्रसाद काफ्लेले च्याउ उत्पादन गरी आफै बजारसम्म पुर्‍याएर बिक्रीसमेत गर्दै आएका छन्। पूर्वी नेपालका विभिन्न बजार तथा मार्टमा उनीहरूको उत्पादन पुगेको हुन्छ।

images
images

हाल विराटनगर, धरान, विर्तामोड, दमक तथा जिल्लाकै विभिन्न बजारमा आफ्ना उत्पादन पुर्‍याउने गरेको उनीहरूको भनाइ छ। भारतका विभिन्न बजारमासमेत आफ्ना उत्पादनको प्रशस्तै माग रहेको घनेन्द्र बताउँछन्। कुनै समयमा त भारतबाट माग आएपछि उही नै पुर्‍याइदिने गरेको उहो उल्लेख गर्छन्। 'एकपटक खाएपछि आफै पनि फोन गरेर मगाउँछन्, घनेन्द्र भन्छन्।

images
images

सुरुमा पाँच सय काठको मुडाबाट सुरु गरिएको च्याउखेती विस्तार भएर हाल तीन हजार पाँच सय मुडामा विस्तार भइसकेको छ। सो मुडाबाट दैनिक २० किलो भन्दाबढी च्याउ उत्पादन हुँदै आएको छ भने मासिक तीन सय किलोसम्म उत्पादन हुने गरेको छ। प्रतिकिलो आठ सयदेखि एक हजार रूपैयाँसम्ममा आफ्नो उत्पादन बिक्री भइरहेको रामप्रसाद बताउँछन्।

उत्पादित च्याउलाई प्रायः ग्रेडिङ गरेर बजारसम्म लैजाने गरिएको छ। राम्रो र ठूलो दानाको प्रतिकिलो एक हजार रूपैयाँदेखि उक हजार दुई सयसम्ममा बिक्री हुने र सानो दानाको प्रतिकिलो छ सयदेखि आठ सय रूपैयाँसम्ममा बिक्री हुने गरेको उनको भनाइ छ। घरमै बसेर बसेर च्याउखेती गर्दा मासिक दुई लाख रूपैयाँ कमाइ हुने गरेको, र घरका परिवार सबै नै च्याउमा लागेको रामप्रसाद बताउँछन्।

आत्मनिर्भर हुनका लागि विदेश नै जानुनपर्ने उदाहरण बनेका काफ्ले दाजुभाइ सिताके च्याउखेती तथा अन्य कृषि पेसाबाट मनग्य आम्दानी हुनेमा जोड दिन्छन्। तीन वर्षअघि यो खेती गर्न सुरु गरिएको र सुरुमा जमिन भाडामा लिएर खेती सुरु गरिएकोमा आफ्नै जग्गामा संरचना निर्माण तयार पारेपछि सो जमिन फिर्ता दिँदा ३० लाख रूपैयाँ घाटा भएको थियो। आफ्नै जमिनमा उत्पादन हुन थालेपछि भने त्यो बेलाको घाटा हाल उठिसकेको घनेन्द्र बताउँछन्।

यो च्याउको उत्पादन १२ महिना नै गर्न सकिने भएकाले आधुनिक प्रविधिको प्रयोग र आफैमा दक्षता भए खेती गर्न खास समस्या हुँदैन। जंगलमा उत्पादन हुने काठको मुडामा यसको खेती गर्न सकिन्छ। उत्पादित च्याउ बजारसम्म लैजाने गरेका काफ्ले दाजुभाइ बिचौलियामार्फत गरिने व्यवसायले घाटा हुने गरेको बताउँछन्। बिचौलियाले राखेको च्याउ तीन दिनसम्म नबिक्दा उत्पादन गर्ने किसान नै बदनाम हुने गरेको विगतका घटनाले देखाएको र बिचौलियाले आफूखुसी मूल्य तोक्दा यसको खास मूल्यमासमेत अन्योल देखापर्न सक्छ।

आफैले उपभोक्तसमक्ष पुर्‍याउँदा ताजा उपभोग गर्न पाइने र स्वादमासमेत फरकपर्ने गरेको छ। ताजा च्याउको स्वाद मीठो हुने तर ओइलाएको च्याउको स्वादमा फरक पर्ने भएकाले आफैले बिक्री गर्नुपरेको घनेन्द्रको भनाइ छ।

विवाह तथा अन्य चाडवाडका बोलामा यसको माग बढी आउने गरेको र कहिलेकाहीँ बजारको मागभन्दा बढी उत्पादन हुँदा समस्या हुने गरेको छ। सरकारबाट सहयोग मिले अझ धेरै गर्न प्रेरणा मिल्ने उनी बताउँछन्।

कसरी उत्पादन हन्छ सिताके च्याउ?

यो च्याउको उत्पादन काठको मुडामा गरिन्छ। दरो र बलियो काठ प्रयोग गर्दा बढी समयसम्म उत्पादन लिन सकिन्छ। बीचमा मुडा फेर्नुपर्दा झन्झट बढ्ने हुन्छ। बढी समयसम्म उत्पादन लिन प्रायःकट्टुसको मुडामा बीउ राख्ने गरिन्छ। काठमा प्वाल पारेरभित्र बीउ राखिन्छ। बीउ राखेको चार महिनासम्म सो मुडालाई घाम नलाग्ने ठाउँमा राख्नुपर्दछ।

बीउ टुसाएको केही समयपछि उत्पादन लिन सकिन्छ। उत्पादन भइसकेपछि मुडालाई भिजाउनुपर्छ। प्रत्येक ५१ दिनमा मुडालाई पानीमा डुबाएर घाम नलाग्ने स्थानमा राख्नुपर्छ। प्रयोग भएको काठको मुडाबाट पाँच वर्षसम्म उत्पादन लिन सकिने काफ्ले दाजुभाइको भनाइ छ। 

प्रयोग गर्ने तरिका 

सिताके च्याउलाई तरकारीका रुपमा प्रयोग गर्न सकिन्छ। सामान्य होटलदेखि चारतारे होटलसम्म यसको उत्पादन पुग्न थालेको छ। महँगो भएकै कारण कम मात्र बजारमा बिक्री हन्छ। यसलाई झोल बनाएरसमेत खान र दालमा मिसाएर पनि खान सकिन्छ। सुकाएको यो च्याउको सुकुटी पनि बिक्री हुँदै आएको छ। सुकुटी चाहेको जुनसकै बेला पनि खान सकिने भएकाले प्रायः विदेशमासमेत निर्यात हुँदै आएको छ। स्वादअनुसार तावामा सेकाएर वा सेकुवा बनाएरसमेत प्रयोग गर्न सकिन्छ। 

तयारी यो च्याउको सुकुटी प्रतिकिलो १२ हजार रूपैयाँसम्ममा बिक्री हुँदै आएको छ। यसबाट भिटामिन डी पाइने भएकाले  बालबालिका तथा वृद्धहरुका लागि अत्यन्तै राम्रो मानिन्छ। रासस


प्रकाशित : आइतबार, माघ ७ २०८०१७:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend