शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

६ महिनामा करिब सात खर्ब व्यापार घाटा

images
आइतबार, माघ ७ २०८०
images
images
६ महिनामा करिब सात खर्ब व्यापार घाटा

चालु आवको छ महिनामा नेपालले अमेरिकाबाट सात अर्ब ६३ करोड ६३ लाख ६६ हजार रूपैयाँ बराबरको आयात गर्दा आठ अर्ब ३३ करोड ९९ लाख ६७ हजार रूपैयाँ बराबरको निर्यात गरेको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा मुलुकले करिब सात खर्ब बराबर व्यापार घाटा व्यहोरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार पुस मसान्तसम्ममा छ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ९२ हजार रूपैयाँ बराबरको व्यापार घाटा देखिएको हो।

images
images
images

विभागको तथ्यांकअनुसार छ महिनामा नेपालले कुल आठ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख ४९ हजार रूपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ। जसमध्ये सात खर्ब ६८ अर्ब १६ करोड ६५ लाख ७१ हजार रूपैयाँ बराबरको आयात भएको छ भने  ७४ अर्ब ९६ करोड ८० लाख ७९ हजार रूपैयाँ बराबरको मात्रै निर्यात भएको छ।

images

विभागका अनुसार गत आर्थिक वर्षको पछिलो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात तीन दशमलव ०९ र निर्यात सात दशमलव २३ प्रतिशतले घटेको छ। समग्रमा वैदेशिक व्यापार तीन दशमलव ४७ प्रतिशतले घटेको छ भने व्यापार घाटा दुई दशमलव ६२ प्रतिशतले घटेको छ।

images
images
images

नेपालले सबैभन्दा धेरै भारतसँग चार खर्ब २४ अर्ब ४४ करोड ८९ लाख २८ हजार रूपैयाँ बराबरको व्यापार घाटा व्यहारेको छ। छ महिना अवधिमा भारतबाट चार खर्ब ७४ अर्ब ८९ करोड ४१ लाख रूपैयाँ बराबरको आयात गर्दा भारतमा भएको निर्यात भने ५० अर्ब ४४ करोड २२ लाख रूपैयाँ बराबर मात्रै छ। नेपालले उच्च व्यापार घाटा व्यहोरेका मुलुकमा तीन, संयुक्त अरब इमिरेट्स, युक्रेन र मलेसिया क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ नम्बरमा छन्। 

पुस मसान्तसम्ममा चीनसँग एक खर्ब ४५ अर्ब ७९ करोड एक लाख १५ हजार रूपैयाँ, संयुक्त अरब इमिरेट्ससँग १२ अर्ब २६ करोड रूपैयाँ, युक्रेनसँग नौ अर्ब ९६ करोड रूपैयाँ र मलेसियासँग आठ अर्ब ६० करोड रूपैयाँ बराबर व्यापार घाटा छ। नेपालको वैदेशिक व्यापारमा नाफा कमाएका मुलुकको सूचीमा संयुक्त राज्य अमेरिका पहिलो स्थानमा छ।

चालु आवको छ महिनामा नेपालले अमेरिकाबाट सात अर्ब ६३ करोड ६३ लाख ६६ हजार रूपैयाँ बराबरको आयात गर्दा आठ अर्ब ३३ करोड ९९ लाख ६७ हजार रूपैयाँ बराबरको निर्यात गरेको छ। अर्थात् ७० करोड ३६ लाख रूपैयाँ बराबरको व्यापार नाफा अमेरिकासँग भएको छ।

पछिल्लो छ महिनामा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ। पुस मसान्तसम्ममा ६६ अर्ब ४९ करोड ११ लाख रूपैयाँ बराबरको डिजेल, ३३ अर्ब ९१ करोड ९६ लाख रूपैयाँ बराबरको पेट्रोल, २५ अर्ब ४५ करोड रूपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। रासस


प्रकाशित : आइतबार, माघ ७ २०८०१६:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend