काठमाडौं- सरकारले सन् २०२२ को जनवरी १ देखि नेपाल भ्रमणमा आउने पर्यटकको हकमा ५ हजार डलर बराबरको काभिड बिमा अनिवार्य गर्ने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई यातायात महाशाखाकले नेपाल आउने हरेक पर्यटकले ५ हजार डलरको बिमा गर्नु पर्ने सकुर्लर जारी गरेको छ। महाशाखाले जारी गरेको सर्कुलरमा कोभिड-१९ को विभिन्न भेरियन्ट देखा परिरहेकाे परिवेशलाई मध्यनजर गर्दै नेपाल प्रस्थान गर्ने सबै उमेर समूहका पर्यटकले अनिवार्य रुपमा ५ हजार डलर बराबरको कोभिड बिमा गर्नु पर्ने उल्लेख छ।
यसबाहेक १४ दिनको क्वारेन्टाइन शुल्क पनि पर्यटकलाई अनिवार्य गरिने भएको छ। त्यसरी गरिने बिमाको पोलिसी नेपाली कम्पनीसँगै खरिद गर्नुपर्ने व्यवस्था गरिएको छ।