बिहीबार , माघ १७ गते २०८१    
बिहीबार , माघ १७ २०८१
images
images

कामपामा बढे करदाता, अर्धवार्षिक अवधिमा उठ्यो करिब पाँच अर्ब राजस्व

images
आइतबार, माघ ७ २०८०
images
images
कामपामा बढे करदाता, अर्धवार्षिक अवधिमा उठ्यो करिब पाँच अर्ब राजस्व

सम्पत्ति, घरबहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य र अभिवृद्धिसहित ३६ शीर्षकमा कामपाले राजस्व असुल गर्दै आएको छ।

images
images

काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकामा करदाताको सङ्ख्या बढेको छ। गत आर्थिक वर्षमा तीन लाख २४ हजार एक सय २० करदाता रहेकामा चालु आवमा तीन लाख ४३ हजार तीन सय ४० पुगेको कामपा राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए।

images
images
images

उनका अनुसार ३५ हजार ५७ बहाल करदाता, ३१ हजार नौ सय १६ व्यवसाय करदाता र ५२ हजार चार सय ८६ सम्पत्ति करदाता रहेका छन्। अन्य शीर्षकमा पनि करदाता बढेका छन्। यसवर्ष करदाताको सङ्ख्या तीन लाख ४३ हजार तीन सय ४० पुगेको छ।

images

'गत आवको अन्त्यसम्ममा कर तिरेका करदाताको सङ्ख्यालाई चालु आवका लागि करदाताको सङ्ख्या मान्ने गरिएको छ', काफ्लेले भने। उल्लेखित करदातामध्ये अहिलेसम्ममा एक लाख ९१ हजार आठ सय ८६ कर तिर्नेको सङ्ख्या रहेको भन्दै एक लाख ३२ हजार दुई सय ३४ कर नतिर्ने रहेका उनले जानकारी दिए।

images
images
images

करदाता बढेपछि कामपामा उलेख्य रुपमा कर संकलन भएको छ। चालु आवको अर्धवार्षिक अवधिमा करिब पाँच अर्ब रूपैयाँ राजस्व संकलन भएको काफ्लेले जानकारी दिए।

कामपाको प्रमुख बालेन्द्र शाहले नेपालको संविधान २०७२ को अनुसूची ८ को क्रमसङ्ख्या ४, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ३ अनुसूची ३ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५७ को व्यवस्था बमोजिम बहाल कर संकलन गर्ने पालिकाको मात्र अधिकार रहेको उल्लेख गर्दै यसअघि संघ सरकारबाट संकलन हुँदै आएको यस शीर्षकको कर स्थानीय सरकारबाट उठाउने बताउँदै आएका छन्।

कामपाले गत फागुन ३ मा ‘घरबहाल व्यवस्था निर्देशिका, २०७९’ जारी गरिसकेको छ। निर्देशिका अनुसार कुनै पनि घरधनीले घरभाडामा लगाउँदा वा घरखाली गराएको बारे सूचना सात दिनभित्र वडा कार्यलयमा दिनुपर्दछ। लिखित सम्झौताको एकप्रति सम्बन्धित वडा कार्यालय, एकप्रति घरधनी र अर्को एकप्रति भाडामा बस्नेले राख्नुपर्ने निर्देशिकामा व्यवस्था गरिएको छ।

सम्पत्ति, घरबहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य र अभिवृद्धिसहित ३६ शीर्षकमा कामपाले राजस्व असुल गर्दै आएको छ। निर्देशिका जारी भएसँगै करदाता बढेको कामपाले जनाएको छ।


प्रकाशित : आइतबार, माघ ७ २०८०१४:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend