शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

६ महिनामा सिटिजन्स बैंकको खुद नाफा ७८ करोड २८ लाख, प्रतिसेयर आम्दानी ११.०२ रुपैयाँ

आइतबार, माघ ७ २०८०
६ महिनामा सिटिजन्स बैंकको खुद नाफा ७८ करोड २८ लाख, प्रतिसेयर आम्दानी ११.०२ रुपैयाँ

काठमाडौं- सिटिजन्स इन्टरनेशनल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७८ करोड २८ लाख रुपैयाँ खुद नाफा गरेको छ। यस अवधिमा बैंकले १० अर्ब १२ करोड खुद ब्याज आम्दानी गर्दा ७ अर्ब २८ करोड ब्याज खर्च गरेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब ८३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। 

अर्थतन्त्रमा आएको आर्थिक संकुचनका कारण बैंकको खराब कर्जा बढेकाले नाफा गत आर्थिक वर्षको तुलनामा करिब ६ करोड रुपैयाँले घटेको छ। गत वर्षको यसै अवधिमा बैंकले ८४ करोड १३ लाख रुपैयाँ खुद नाफा गरेको थियो।

गत वर्ष पुस मसान्तसम्ममा बैंकले १० अर्ब २७ करोड रुपैयाँ ब्याज आम्दानी गर्दा ७ अर्ब ४२ करोड रुपैयाँ ब्याज खर्च गरेको थियो। गत वर्ष बैंकको खुद ब्याज आम्दानी २ अर्ब ८४  करोड रुपैयाँ रहेको थियो। 

गत आर्थिक वर्ष बैंकको निष्कृय कर्जा २.९९ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ४.०७ प्रतिशत पुगेको छ।

गत आर्थिक वर्ष बैंकको इम्प्रियरमेन्ट खर्च ६१ करोड ९२ लाख रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको ६ महिनामा बढेर ८५ करोड ९५ लाख पुगेको छ।

यस अवधिमा बैंकको वितरणयोग्य नाफा २१ करोड ३० लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्षको यसै अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब २७ करोडले बचतमा रहेको थियो। 

बैंकका नाफा घटसँगै ब्याजदर पनि घट्नेक्रम घट्न थालेको छ। जसले आगामी समयमा कर्जा विस्तार भएमा बैंकको अधिकांश सूचाङ्कमा सुधार हुने संकेत गरेको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको कष्ट अफ फण्ड ९.२२ रहेकोमा चालु आर्थिक वर्षको पुस मसान्तसम्म घटेर ७.७७ प्रतिशतमा झरेको छ। कष्ट अफ फण्ड घटेसँगै बैकको आधार दर ११.३९ प्रतिशतबाट घटेर ९.८१ प्रतिशत कामय भएको छ।

यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी ११.०२ रुपैयाँ रहेको छ।  


प्रकाशित : आइतबार, माघ ७ २०८०१४:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend