शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

६ महिनामा ५ हजार १ सय ७ वटा विद्युतीय सवारी आयात

images
बिजनेस न्युज
images
images
६ महिनामा ५ हजार १ सय ७ वटा विद्युतीय सवारी आयात
images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि पुस मसान्तसम्मको ६ महिनाको अविधमा ५ हजार १ सय ७ वटा विद्युतीय सवारी आयात भएको छ।

images
images
images

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ६ महिनामा ५ हजार १ सय ७ वटा विद्युतीय सवारी आयात भएको हो। विभागका अनुसार १२ अर्ब ७३ करोड रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको हो।

images

जसबाट सरकारले ५ अर्ब ७३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। विभागका अनुसार २ हजार ५६ वटा ५० किलोवाट क्षमताका विद्युतीय सवारी आयात भएको छ।

images

यसैगरी २९ सय ७० वटा ५१ किलोवाट क्षमतादेखि १०० किलोवाट क्षमताका विद्युती सवारी आयात भएको छ। साथै १०१ देखि २०० किलोवाट क्षमताका ६८ वटा र सोभन्दा माथिका १३ वटा सवारी आयात भएको छ। 

images
images

images

प्रकाशित : आइतबार, माघ ७ २०८००१:२४
प्रतिक्रिया दिनुहोस