सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

नाम सम्मेलनमा विकासोन्मुख देशको हितमा आवाज उठाएँ : प्रधानमन्त्री

images
आइतबार, माघ ७ २०८०
images
images
नाम सम्मेलनमा विकासोन्मुख देशको हितमा आवाज उठाएँ : प्रधानमन्त्री

प्रधानमन्त्रीले विश्वका विकासोन्मुख मुलुकले आर्थिक विकास र समृद्धि प्राप्त गर्नका लागि जोड दिनुपर्ने विषय जोडदाररूपमा उठाएको बताए।

images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न आन्दोलन (नाम)को शिखर सम्मेलनमा विकासोन्मुख देशको हितमा आवाज उठाएको बताएका छन्।

images
images

युगाण्डाको कम्पालामा सम्पन्न भएको नामको १९औँ शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले विश्वका विकासोन्मुख मुलुकले आर्थिक विकास र समृद्धि प्राप्त गर्नका लागि जोड दिनुपर्दछ भन्ने विषय जोडदाररूपमा उठाएको बताए।

images
images

'सम्मानित र मर्यादित जीवनका लागि आवश्यक दिगो विकासका लक्ष्यको प्राप्ति असम्भव प्रायः देखिएको छ। नेपाल आफै अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहे पनि विभिन्न बहुआयामिक चुनौतीको भुमरीमा परेको छ', प्रधानमन्त्री दाहालले भने।

images
images
images

असंलग्न आन्दोलनले दिगो विकासका लक्ष्यहरू २०३०, पेरिस सम्झौता र अन्य अन्तर्राष्ट्रियरुपमा सहमति भएका विकासका लक्ष्यहरु समयमै हासिल गरी विश्वका विकासोन्मुख मुलुकको आर्थिक विकास र समृद्धि प्राप्त गर्नका लागि जोड दिनुपर्दछ भन्ने विषयलाई आफूले सम्मेलनका क्रममा जोडदाररूपमा उठाएको प्रधानमन्त्रीको भनाइ छ। 

प्रम दाहालले सम्मेलनमा कोभिड महामारीपश्चात आर्थिक पुनरुत्थानले यथोचित गति लिन नसकेको तथा हाल बढिरहेको भूराजनीतिक ध्रुवीकरण तथा लडाइँ र जलवायु परिवर्तनका कारण साना तथा विकासशील राष्ट्रहरू थप मारमा परिरहेको विषयमा चिन्ता व्यक्त गरेको पनि बताए।

उनले नेपाललगायत पर्वतीय मुलुक जलवायु जलवायु परिवर्तनको चपेटामा रहेको उल्लेख गर्दै हिमाल तथा पर्वतीय पारिस्थितिक प्रणाली र त्यहाँ बसोबास गर्ने मानव समुदायको संरक्षणका लागि नेपालले पैरवी गर्दै आएको विषयलाई पनि दोहोर्‍याउँदै हिमालको आवाजलाई समर्थन गर्नसमेत आह्वान गरेको बताए। रासस


प्रकाशित : आइतबार, माघ ७ २०८०१३:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend