आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

सेयरधनीलाई लाभांश वितरण गर्न ८ बैंकले तोके साधारणसभा, कुनको कहिले?

images
शनिबार, मंसिर १८ २०७८
images
सेयरधनीलाई लाभांश वितरण गर्न ८ बैंकले तोके साधारणसभा, कुनको कहिले?
images
images

काठमाडौं- नेपाल स्टक एक्सेञ्ज(नेप्से)मा सूचीकृत २७ वाणिज्य बैंक मध्ये १४ वटाले साधारणसभाको मिति तय गरेका छन्। त्यस्तै २३ वटा बैंकले लाभांश घोषणा गरिसकेका छन्। केही बैंकले साधारणसभा सम्पन्न गरेर लाभांश पारित समेत गरिसकेका छन्।  

images
images
images

शुक्रबार नेपाल इन्भेष्टमेन्ट बैंकले साधारणसभा सम्पन्न गरेको छ। अब साधारणसभा सम्पन्न गर्ने तयारीमा नेपाल बैंक, एनएमबी बैंक, ग्लोबल आईएमई, एभरेष्ट बैंक, प्राइम कमर्सियल, लक्ष्मी बैंक, मेगा बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन्। ८ वटा बैंकमध्ये केहीको बुक क्लोज समेत सम्पन्न भएको छ। 

images
images
bank sadaran.PNG

२७ वटा बैंक मध्ये २३ वटाले लाभांश घाेषणा गरेका छन्। अब कृषि विकास बैंक, सिभिल बैंक, सेन्चुरी बैंक र राष्ट्रिय वाणिज्य बैंकको लाभांश घोषणा हुन बाँकी छ।

images
images

लाभांश घोषणा भएको बैंकहरु मध्ये कतिपयको लाभांश बैंकको साधारण सभाबाट समेत पारित भइसकेको छ। लाभांश घोषणा गरेका वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश दिनेमा नबिल ‌बैंक अगाडि रहेको छ। नविलले ३३.६ प्रतिशत लाभांश र ४.४ प्रतिशत नगद लाभांशसहित ३८ प्रतिशत लाभांश दिने भएको छ।

यसैगरी दोस्रो बढी लाभांश दिनेमा हिमालयन बैंक रहेको छ। हिमालयन बैंकले २१.३८ सेयर लाभांश र ४.६२ प्रतिशन नगद लाभांशसहित २६ प्रतिशत लाभांश दिने भएको छ।

सिद्धार्थ, कुमारी, माछापुच्छ्रे, नेपाल बंगलादेश, हिमालयन, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट, सिटिजन, सानिमा, नेपाल बैंक र ग्लोबल बैंकले लाभांश घोषणा गरिसकेका छन्। यसैगरी एभरेष्ट बैंक, बैंक अफ काठमाण्डू र एनएमबीले लाभांश घोषणा गरेका छन्। यसैगरी प्रभु, मेगा, प्राइम र सनराइज बैंकले पनि लाभांश घोषणा गरेका छन्।

कुन बैंककाे कति लाभांश ? 

bank deviden.PNG


प्रकाशित : शनिबार, मंसिर १८ २०७८०१:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend