मंगलबार, फागुन ६ गते २०८१    
मंगलबार, फागुन ६ २०८१
images
images

इच्छाराज तामाङ विरुद्ध ८ वर्ष कैद र साढे ५ अर्ब जरिवाना माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर 

images
शुक्रबार, मंसिर १७ २०७८
images
images
इच्छाराज तामाङ विरुद्ध ८ वर्ष कैद र साढे ५ अर्ब जरिवाना माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर 

तामाङसहित अरु १२ जना पनि पक्राउ परेका थिए। २४ जना फराहर रहेको छन्। 

images
images

काठमाडौं- इच्छाराज तामाङ विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। 

images
images
images

संगठित अपराध गरेको भन्दै तामाङ विरुद्ध सरकारी वकिलको कार्यालयले उनी विरुद्ध आज मुद्दा दायर गरेको हो। सिभिल सहकारीको नाममा सर्वसाधारणको रकम लिएर फिर्ता नगरेको, जनताको पैसाको दुरुपयोग गरेको जस्ताव विषयमा नेपाल प्रहरीको केन्द्रीय अुसन्धान ब्यूरोले उनीविरुद्ध छानवीन गरेको थियो। 

images
images

प्रहरीको अनुसन्धानको आधारमा सरकारी वकिलको कार्यालयले तामाङसहित ४२ जना विरुद्ध मुद्दा दायर गरेको हो। तामाङ विसद्ध ५ अर्ब ५९ करोड रुपैयाँ बिगो दाबी गरिएको छ। 

images
images
images

संगठित अपराध र ठगी मुद्धामा मुछिएका सिभिल ग्रुपमाका अध्यक्ष इच्छाराज तामाङविरुद्धको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय ब्यूरो (सीआईबी)ले पूरा गरेर सरकारी वकिललाई मंसिर १० गते प्रतिवेदन बुझाएको थियो। 

प्रहरीले बुझाएको प्रतिवेदनमा ८ वर्ष कैद र बिगो बराबर ५ अर्ब ५९ करोड जरिवाना माग गर्नुपर्ने सुझाव दिइएको थियो। प्रहरीले करिब दुई महिना लामो अनुसन्धानपछि प्रतिवेदन बुझाएको  थियो। 

तामाङलाई गत असोज १८ गते प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको थियो।  एक हजार ४ सय ८७ जनाले ठगी गरेको भन्दै उजुरी दिएको आधारमा प्रहरीले प्रतिवेदन तयार गरेको थियो। 

तामाङसहित अरु १२ जना पनि पक्राउ परेका थिए। २४ जना फराहर रहेको छन्। 

 


प्रकाशित : शुक्रबार, मंसिर १७ २०७८१२:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend