शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

२०२३ मा सबैभन्दा धेरै ईभी ब्याट्री उत्पादन गर्ने १० कम्पनी, कसको बजार हिस्सा कति?

images
images
images
२०२३ मा सबैभन्दा धेरै ईभी ब्याट्री उत्पादन गर्ने १० कम्पनी, कसको बजार हिस्सा कति?
images
images

काठमाडौं- विश्वभर विद्युतीय सवारीको माग बढेसँगै त्यसमा प्रयोग हुने ब्याट्रीको माग बढ्नु स्वभाविक हो। विद्युतीय सवारीको मुटुका रूपमा ब्याट्रीलाई लिइन्छ। 

images
images
images

सबै सवारी उत्पादकले आफैँ ब्याट्री उत्पादन गर्दैनन्। त्यसैले सबैजसो विद्युतीय कार उत्पादकले ब्याट्री अन्य कम्पनीसँग खरिद गर्ने गरेका छन्।

images

ब्याट्री उत्पादन गर्नुलाई जटिल विषयका रूपमा पनि लिइन्छ। ब्याट्री उत्पादनमात्रै होइन यसको व्यापारलाई पनि जटिल मान्ने गरिएको छ। सोही कारण ब्याट्री उत्पादनमा पनि व्यापक प्रतिस्पर्धा रहेको छ।

images

हाल प्रचलनमा रहेको ब्याट्री लिथियम आयन ब्याट्री हो। अन्य प्रकारको ब्याट्री बारे अध्ययन भइरहेपनि हालसम्म आम प्रचलनमा आइसकेको छैन।

images
images

२०२३ मा हलुका प्रकारका विद्युतीय सवसरीमा विश्वभर ७ सय १२ गिगावाट आवर ब्याट्री प्रयोग भएको छ। यो २०२२ को तुलनामा करिब ४० प्रतिशत धेरै भएको क्लिन टेक्निकाले लेखेको छ। २०२२ मा विश्वभर ५ सय ७ गिगावाट आवर ब्याट्री प्रयोग भएको थियो।

ब्याट्रीको ब्यापार हरेक वर्ष बढ्दै गइरहेको छ। २०२३ मा कुन कम्पनीले सबैभन्दा धेरै ब्याट्री सप्लाइ गरेत? समग्र ईभीको तुलनामा लाइट विद्युतीय सवारी (कार, एसयूभी, एलसीभी तथा पिकअप)मा प्रयोग हुने ब्याट्रीको उत्पादन बढी छ। २०२३ मा समग्री ईभीको ब्याट्री उत्पादन वृद्धि ३५ प्रतिशत हुँदा लाइट ईभीको वृद्धि ४० प्रतिशत छ। 

विद्युतीय सवारीको ब्याट्री उत्पादनमा चिनियाँ कम्पनी सीएटीएल अग्रस्थानमा छ। २०२३ मा सीएटीएलको ब्याट्री बजारमा हिस्सा ३२ प्रतिशतबाट ३४ प्रतिशत पुगेको छ। यो बजार हिस्सासहित सीएटीएल विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री उत्पादक हो। सीएटीएलले कारदेखि माइक्रो/भ्यान तथा ठूला कमर्सियल सवारीसम्मलाई उपयुक्त हुने ब्याट्री उत्पादन गर्दै आएको छ।

Top-Selling-Batteries-Ranking-MWh-2022-2023.png

दोस्रो स्थानमा अर्को चिनियाँ कम्पनी बीवाईडी रहेको छ। २०२३ मा ब्याट्री बजारमा बीवाईडीको हिस्सा १६ प्रतिशत रहेको छ। २०२२ मा उसको बजार हिस्सा १४ प्रतिशत थियो। 

तोस्रो ठूलो ब्याट्री उत्पादक दक्षिण कोरियाली कम्पनी एलजी हो। एलजीले भने २०२२ को तुलनामा २०२३ मा १ प्रतिशत बजार हिस्सा गुमाएको छ। २०२२ मा एलजीको विश्व बजार हिस्सा १७ प्रतिशत रहेकोमा २०२३ मा २ प्रतिशत गुमाएर १५ प्रतिशत रहेको छ। एलजीको बजार हिस्सा घट्नुमा नयाँ माग कम हुनु र उसको सबैभन्दा ठूलो साझेदार जनरल मोटरको ईभी उत्पाउन तुलनात्मक रूपमा कम हुनुलगायत रहेको छ।

यी तीन ब्याट्री उत्पादकको हिस्सा विश्वभर भएको कुल उत्पादनको ६६ प्रतिशत रहेको छ। यसले बजारमा प्रतिस्पर्धी रूपमा गुणस्तरीय उत्पादन ल्याउन थप प्रतिस्पर्धा हुने विश्वास गरिएको छ।

धेरै ब्याट्री उत्पादन कम्पनीको सूचीमा चौथो स्थानमा जापानी कम्पनी पानासोनिक रहेको छ। २०२३ मा पानासोनिकको ब्याट्री बजार हिस्सा ८ प्रतिशत रहेको छ, यो अघिल्लो वर्षको तुलनामा १ प्रकाशित कम हो। २०२२ मा पानासोनिकको बजार हिस्सा ९ प्रतिशत थियो। 

यस्तै छैटोँ स्थानमा सामसङ एसडीआई, सातौँ स्थानमा सीएएलबी, आठौँ स्थानमा फरासिस इनर्जी रहेको छ। फरासिस इनर्जी पहिलो पटक टप १० ब्याट्री उत्पादकको सूचीमा परेको हो। नवौँ स्थानमा इनभोजन एईएससी र दशौँ स्थानमा सनवडा रहेको छ।

यही दर वा योभन्दा धेरै ब्याट्री उत्पादन र खपतको सम्भानवा छ। त्यसैले आउँदा केही वर्ष ब्याट्री उत्पादन वार्षिक ५०‌ प्रतिशतसम्मले थप(घट)हुने अनुमान धेरैले गरेका छन्।

images

प्रकाशित : आइतबार, माघ ७ २०८०१२:३८

प्रतिक्रिया दिनुहोस