शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

‍जिप्रका म्याग्दीमा राष्ट्रिय परिचयपत्रको अनलाइन फारम सेवा नि:शुल्क

images
शनिबार, माघ ६ २०८०
images
images
‍जिप्रका म्याग्दीमा राष्ट्रिय परिचयपत्रको अनलाइन फारम सेवा नि:शुल्क

जिल्ला प्रशासन कार्यालय म्याग्दीले राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भर्न नसक्नेका लागि नि:शुल्क भरिदिने व्यवस्था मिलाएको छ।

images
images

म्याग्दी- जिल्ला प्रशासन कार्यालय म्याग्दीले राष्ट्रिय परिचयपत्रको अनलाइन फारम निःशुल्क भर्ने सेवा सुरु गरेको छ। 

images
images
images

आफै अनलाइन फारम भर्न नसक्ने सेवाग्राहीले शुल्क तिरेर व्यवसायीको सहायता लिने गरेका थिए। निःशुल्क रुपमा प्रशासन कार्यालयमै फारम भरिदिन थालिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए।

images

'राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भर्न छुट्टै कर्मचारी, कम्प्युटर र प्रिन्टरको व्यवस्था मिलाएका छौँ,' उनले भने, 'आफै भर्न सक्नेले आफै भर्नुहुन्छ। नसक्ने सेवाग्राहीले बजारका साइबरमा शुल्क तिरेर राष्ट्रिय परिचयपत्रको अनलाइन फारम र विवरण भर्नु पर्दैन। कर्मचारीले भरिदिने व्यवस्था मिलाएका छौँ।'

images
images
images

निःशुल्क रुपमा प्रशासनमै अनलाइन फारम भर्दा खर्चको बचत र झञ्जट हटेको बेनी नगरपालिका-२ गौस्वाराकी सपना केसीले बताइन्। 'बजारको साइबरमा राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भरेको र एकसय रूपैयाँदेखि दुईसय रूपैयाँसम्म तिर्नुपर्दथ्यो,' केसीले भनिन्, 'प्रशासनमा निःशुल्क फारम भर्न पाउँदा खर्च बचत हुनुका साथै झञ्जट पनि हट्यो।'

प्रशासन कार्यालयका अनुसार म्याग्दीमा दैनिक ३५ जनाले राष्ट्रिय परिचयपत्रको अनलाइन फारम, विवरण भर्ने र बायोमेट्रिक गर्ने सेवा लिने गरेका छन्। व्यक्तिको आँखा, अनुहार, हात, औँठाछाप आदिको विद्युतीय (डिजिटल) विवरण संकलन गर्ने आधुनिक प्रणालीलाई बायोमेट्रिक भनिन्छ।

सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीलाई सहजताका लागि मौजुदा कर्मचारी परिचालन गरेर अनलाइन फराम निःशुल्क भर्ने व्यवस्था मिलाएको बताए। राहदानीको अनलाइन फराम भर्ने सेवालाई पनि सुरु गर्ने तयारी भएको उनले सुनाए। रासस


प्रकाशित : शनिबार, माघ ६ २०८०१७:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend