काठमाडौं- नेपाल इन्भेष्टमेण्ट बैंकले सेयरधनीलाई दिने १६ प्रतिशत लाभांश साधारणसभाबाट पारित गरेको छ।
शुक्रबार बैंक सञ्चालक समिति अध्यक्ष पृथ्वीबहादुर पाँडेलेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। अब नेपाल राष्ट्र बैंकले स्विकृत दिएपछि सेयरधनीको डिम्याट खातामा जाने छ।
सभाले कुल १६ प्रतिशत लाभांश पारित गरेको छ। यसमध्ये १२.६११ प्रतिशत बोनस सेयर र ३.३८९ प्रतिशत नगद लाभांश रहेको छ।
गत वर्ष बैंकले ५.११ अर्ब रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो। बैंकले ३.५५ अर्ब रुपैयाँ खुद नाफा गरेको थियो। बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ।