शनिबार, वैशाख १५ गते २०८१    
images
images

अन्तःशुल्क घटेपछि मूल्य बढ्दैन भन्ने टीभीएस र बजाजले मोटरसाइकलको मूल्य १६ हजारसम्म बढाए

images
images
images
अन्तःशुल्क घटेपछि मूल्य बढ्दैन भन्ने टीभीएस र बजाजले मोटरसाइकलको मूल्य १६ हजारसम्म बढाए

तर तिनै कम्पनीले गएको साउनमा प्रकाशित गरेको अधिकतम् खुद्रा बिक्री मूल्य सूची र मंसिरदेखि लागु हुनेगरि कात्तिकमा प्रकाशित मूल्य सूची हेर्ने हो भने उनीहरुले बोलेको सरासर झुटो ठहरिएको छ। 

images
images

काठमाडौं- सरकारले प्रतिस्थापन विधेयमार्फत ल्याएको बजेटमा आयातित मोटरसाइकल तथा स्कुटरमा केही कर बढायो भने नेपालमै एसेम्बल गर्न ल्याएनेमा करको दर घटायो। जसको प्रत्यक्ष असर आयात हुने तयारी मोटरसाइकल तथा स्कुटरको मूल्य बढ्यो।

images
images
images

एसेम्बलिङ किट ल्याएर मोटरसाइकल बनाइ रहेका कम्पनीहरुले प्रतिस्थापन बजेटपछि मोटरसाइकल तथा स्कुटरको मूल्य नबढ्ने दाबी नै गरेका थिए। त्यसरी दाबी गर्ने कम्पनीमा बजाजका मोटरसाइकल नेपालमा एसेम्बल गरि बिक्री गर्दै आएको हंसराज हुलासचन्द एन्ड कम्पनी र टीभीएसका मोटरसाइकल तथा स्कुटर एसेम्बल गरि बिक्री गर्दै आएको जगदम्बा मोटर्स हुन्। 

images

प्रतिस्थापन बजेट आएललगत्तै सञ्चार माध्यमले लिएको प्रतिक्रियामा दुबै कम्पनीका जिम्मेवार व्यक्तिले आफूले बिक्री गर्ने मोटरसाइकल तथा स्कुटरको मूल्य नबढ्ने दाबी गरेका थिए। तर तिनै कम्पनीले गएको साउनमा प्रकाशित गरेको अधिकतम् खुद्रा बिक्री मूल्य सूची र मंसिरदेखि लागु हुनेगरि कात्तिकमा प्रकाशित मूल्य सूची हेर्ने हो भने उनीहरुले बोलेको सरासर झुटो ठहरिएको छ। 

images

बजाजले नेपालमा बिक्री गर्ने मोडल मध्ये एउटामात्र तयारी मोटरसाइकल भारतबाट आयात गर्छ भने बाँकी १७ मोडलका मोटरसाइकल नेपालमा एसेम्बल गरेर बिक्री गरिरहेको छ। बजाजको मोटरसाइकल नेपालमै एसेम्बल गर्ने कम्पनीका अध्यक्ष शेखर गोल्छा नेपाल उद्योग वाणिजय महासंघका अध्यक्ष समेत छन्। 

images
images

बजाजको प्लाटिना ईएस १ सय २ सीसीको मोटरसाइकलको मूल्य २०७८ साउनमा १ लाख ८५ हजार ९ सय रुपैयाँ थियो। यो मूल्य प्रतिस्थापन बजेट पूर्वको हो। नेपालमै एसेम्बल हुने यो मोटरसाइकलको प्रतिस्थापन बजेटपछि कात्तिकमा सार्वजनिक गरिएको मूल्यमा ४ हजार रुपैयाँ बढाएर १ लाख ८९ हजार ९ सय रुपैयाँ कायम गरिएको छ। 

त्यस्तै धेरै बिक्री हुने मोटरसाइकल मध्येको एक बजाजको पल्सर १५० सिंगल डिसको मूल्य साउनमा २ लाख ६८ हजार ९ सय रुपैयाँ बिक्री मूल्य थियो। प्रतिस्थापन बजेट आएपछि कात्तिकमा कम्पनीले सार्वजनिक गरेको मूल्य सूचीमा त्यही पल्सर १५० सिंगल डिसको मूल्य ८ हजार रुपैयाँ बढाएर २ लाख ७६ हजार ९ सय रुपैयाँ तोकिएको छ। 

त्यस्तै हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाज डोमिनार मोटरसाकल पनि नेपालमै एसेम्बल भएकै बिक्री गर्दै आएको छ। गएको साउनमा ३७३.२७ सीसी इन्जिन क्षमताको डोमिनार ४०० एबीएसको मूल्य ५ लाख ८२ हजार ९ सय रुपैयाँ थियो। प्रतिस्थापन बजेट पछि कात्तिकमा सार्वजनिक गरेको मूल्य हंसराज हुलासचन्द एन्ड कम्पनीले डोमिनार ४०० एबीएसमा १६ हजार रुपैयाँ मूल्य बढाएर ५ लाख ९८ हजार ९ सय रुपैयाँ तोकेको छ। 

हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाज सबैजसो मोडलका मोटरसाइकलको मूल्य साउनको तुलनामा कात्तिकमा आइपुग्दा बढाएको छ। 

यस्ताे छ मूल्य सूची

यता टीभीएसले प्रतिस्थापन बजेटपूर्व नेपालमा अपाचे १६० एसेम्बल गर्दै आएको थियो। टीभीएसको मोटरसाइलक तथा स्कुटर जगदम्बा मोटर्सले बिक्री गर्दै आएको छ। कम्पनीले बजेटपूर्व नै स्कुटरलगायत थप मोडल एसेम्बल गर्नका लागि एसेम्ब्ली लाइन तयार गरिसकेको थियो। प्रतिस्थापन बजेटले केही कर घटाएपछि अपाचे १६० बाहेका मोडलको पनि एसेम्बल थालेपनि औपचारिक घोषणा भने गरेको छैन। 

नेपालमै एसेम्बल हुँदै आएको टीभीएस आरटीआर १६० को उत्पादन मुलुक समेत जगदम्बा मोटर्सले भारत नै उल्लेख गर्दै आएको छ। 

जगदम्बा मोटर्सले टीभीएस एनटर्क डिसको मूल्य साउनमा २ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको थियो। १ सय २५ सीसी इन्जिन क्षमताको यो स्कुटरको मूल्य कात्तिकमा आइपुग्दा ८ हजार रुपैयाँ बढेर २ लाख ५७ हजार ९ सय रुपैयाँ तोकिएको छ। जगदम्बाले एनटर्क सुपर स्क्वाड इडिसनको मूल्य समेत ७ हजार रुपैयाँ बढाएको छ। 

साउनमा २ लाख ७० हजार ९ सय रुपैयाँ रहेकामा कात्तिकमा आइपुग्दा यो स्कुटरको मूल्य २ लाख ७७ हजार ९ सय रुपैयाँ तोकिएको छ। त्यस्तै कम्पनीले अपाचे आरटीआर १६० टूभी एफडीको मूल्य साउनमा २ लाख ६९ हजार ९ सय रुपैयाँ रहेकोमा कात्तिकमा आइपुग्दा ६ हजार रुपैयाँ बढेर २ लाख ७५ हजार ९ सय रुपैयाँ कायम भएको छ। 

त्यसैगरी कम्पनीले अपाचे आरटीआर २०० फोभी एबीएसको मूल्य साउनमा ३ लाख ५५ हजार ९ सय रुपैयाँ रहेकोमा कात्तिकमा आइपुग्दा ७ हजार रुपैयाँ बढेर ३ लाख ६२ हजार ९ सय रुपैयाँ तोकिएको छ। टीभीएसका पनि अधिकांश मोटरसाइकल तथा स्कुटरको मूल्य बढेको छ।

नेपालमा बिक्री हुने सवारीसाधनको मूल्य हरेक चार महिनामा अनिवार्य रुपमा प्रकाशित गर्नुपर्ने व्यवस्था रहेको छ। त्यही अनुसार सवारी सवारी बिक्रेताहरुले अधिकतम् खुद्रा बिक्री मूल्य (एमआरपी) सार्वजनिक गर्ने गरेका छन्। कम्पनीहरुले साउन, मंसिर र चैतमा नयाँ एमआरपी प्रकाशित गर्दै आएका छन्। 

images

प्रकाशित : सोमबार, मंसिर २० २०७८०४:५४

प्रतिक्रिया दिनुहोस