शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

नेपाल बैंकको नाफा ४९ प्रतिशतले घट्यो, वितरणयोग्य नाफा करिब ५७ करोडले ऋणात्मक

images
शनिबार, माघ ६ २०८०
images
images
नेपाल बैंकको नाफा ४९ प्रतिशतले घट्यो, वितरणयोग्य नाफा करिब ५७ करोडले ऋणात्मक
images
images

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपाल बैंक लिमिटेडको नाफा करिब ४९ प्रतिशतले घटेको छ।

images
images
images

चालु आवको पुस मसान्तसम्ममा बैंकले खुद ५९ करोड रुपैयाँ मात्रै नाफा गर्न सफल भएको छ। गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब १७ करोड रुपैयाँ खुद नाफा गरेको थियो। 

images

बैंकको खराब ३.११ प्रतिशतबाट बढेर ४.५० प्रतिशत पुगेपछि बैंकको नाफा घटेको हो। बैंकको खुद नाफा घटेसँगै सरकारलाई तिर्ने आयकरसमेत करिब आधा घटेको छ।

images
images
images

गत आर्थिक वर्षको दोस्रो क्वाटरसम्ममा ४५ करोड ५३ लाख रुपैयाँ आयकर तिरेको यस बैंकले चालु आर्थिक सोही अवधिमा २३ करोड २८ लाख रुपैयाँ मात्रै तिरेको छ। 
यस अवधिमा बैंकले १३ अर्ब २४ करोड ब्याज आम्दानी गरेर ८ अर्ब ६ करोड रुपैयाँ ब्याज खर्च  गरेको छ। 

यस अवधिमा बैंकले खुद ब्याज आम्दानी ४ अर्ब ६३ करोड रुपैयाँ गरेको छ। बैंकको ब्याज आम्दानी, ब्याज खर्च र खुद ब्याज आम्दानी गत वर्षको तुलनामा बढी हो। गत वर्ष यस बैंकले ११ अर्ब २२ करोड ब्याज आम्दानी गर्दै ७ अर्ब ३७ करोड रुपैयाँ ब्याज गरेको छ। 

गत वर्षको दोस्रो त्रैमाससम्मा बैंकले ३ अर्ब ८८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। 

बैंकको इम्प्रियरमेन्ट चार्ज २ अर्ब ७ करोड पुगेकाले नाफामा गिरावट आएको हो। गत वर्ष यस बैंकको यस्तो खर्च ५१ करोड २१ लाख रुपैयाँ मात्रै रहेको थियो। 

 खराव कर्जा बढ्दा उल्लेखिरुपमा प्रोभिजनिङ गर्नुपर्ने राष्ट्र बैंकको व्यवस्थाका कारण बैंकको विवतरणयोग्य नाफा करिब ५७ करोडले ऋणात्मक भएको छ। गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा २९ करोड ७२ लाखले सकारात्मक रहेको थियो।

बैंकको नाफा घटेसँगै कर्जाको ब्याजदर पनि घट्नेक्रममा रहेको छ। बैंकसँग पर्याप्तमा मात्रामा लगानीयोग्य रहेको छ। गत वर्ष ८२.१२ प्रतिशत रहेको कर्जा निक्षेप अनुपान(सीडी) घटेर ७२ प्रतिशतमा झरेको छ।

यस्तै बैंकको कष्ट अफ फण्ड ८.३१ प्रतिशतबाट घटेर ६.४३ प्रतिशतमा झरेसँगै आधार दर ८.५५ प्रतिशतमा पुगेको छ। गत वर्षको यसै अवधिमा बैंकको आधारदर ९.९ प्रतिशत रहेको थियो।


प्रकाशित : शनिबार, माघ ६ २०८००६:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend