शुक्रबार, मंसिर ७ गते २०८१    
images
images

५ किलोमिटर सडकको काम तीन वर्षमा आधामात्र सकियो, १ सय १७ रुख काट्ने निर्णयको पर्खाइ

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ ५ २०८०
images
images
५ किलोमिटर सडकको काम तीन वर्षमा आधामात्र सकियो, १ सय १७ रुख काट्ने निर्णयको पर्खाइ

सडक पूर्वाधार विकास कार्यालय बुटवलका इन्जिनियर हितेन्द्र माझीले ५० प्रतिशत मात्र काम सम्पन्न भएको जनाउँदै सडकमा रहेका रुखको कटानी आदेश सम्बन्धित निकायबाट पाउन नसक्दा अवरोध पुगेको बताए।

images
images

लुम्बिनी- काम सुरु भएको तीन वर्ष बितेको छ तर प्रदेश सरकारको योजनाअन्तर्गत बेल्बास-बेथरी-मर्चवार खण्डमा पाँच किलोमिटर सडक निर्माण सम्पन्न हुन सकेको छैन। 
    
‘कनेक्टिभिटी’ सुधार गर्न र मर्चवारको विकासलाई प्रोत्साहन गर्ने महत्वाकांक्षी परियोजना निर्माणमा १ सय १७ रुखले बाधा पुर्‍याएका छन्।

images
images
images

विसं २०७७ कात्तिक १६ गते लुम्बिनी-अर्घाखाँची बाबुल जेभी रुपन्देहीको नाममा टेन्डर स्वीकृत भएको हो तर प्रतिज्ञा गरिएको पाँच किलोमिटर सडक अधुरै छ।

images

निर्माण कम्पनीले सडकका रूख हटाउनुअघि नेपाल सरकारबाट कानूनी निर्देशन पर्खन बाध्य भएकाले निर्माण सम्पन्न हुन नसकेको बताइएको छ।

images

निर्माणाधीन सडकको अवस्थाले भैरहवासम्मको यात्रामा सामान्यतया २० मिनेटबाट एक घण्टा बढी समय लम्ब्याएको छ। यसले स्थानीयको दैनिक जीवनमा बाधा पुर्‍याउने मात्र नभइ समग्र क्षेत्रको विकासमा अवरोध गरेको छ।

निर्माणले समग्र क्षेत्रको विकासमा असर गर्दै असुविधा फैलाएको स्थानीय राकेश चौधरीको भनाइ छ। उनी भन्छन्, 'निर्माणाधीन धुलाम्मे सडकबीचमा रहेका रुखले जोखिम बढाएको छ।' 
   
सम्मरीमाई गाउँपालिका-७ का वडाध्यक्ष राधेश्याम कुर्मीले सडकभर छरिएर रहेका रुख नहटाइकन भइरहेको कमसल निर्माणका कारण उत्पन्न समस्याबारे चिन्ता व्यक्त गर्दै जोखिम बढेको टिप्पणी गरे।

मर्चवार नहरको दुवैतर्फ सडक विस्तार गरी बेथरीमा जोड्ने सरकारी योजना छ। जिल्ला सदरमुकाम भैरहवा कनेक्टिभिटीका लागि यसअघिको साँघुरो सडकले मर्चवारलाई भैरहवा-लुम्बिनी सडकसँग वनगाइमा जोडेको छ।
   
निर्माणाधीन सडकको जग्गा नेपाल सरकारको स्वामित्वमा छ। रुख मर्चवार सामुदायिक वनका हुन भने प्रदेश सरकारको योजनाले जटिलता थपेको मर्चवार सामुदायिक वनका सचिव जगन्नाथप्रसाद कुर्मीको भनाइ छ।

सडक पूर्वाधार विकास कार्यालय बुटवलका इन्जिनियर हितेन्द्र माझीले ५० प्रतिशत मात्र काम सम्पन्न भएको जनाउँदै सडकमा रहेका रुखको कटानी आदेश सम्बन्धित निकायबाट पाउन नसक्दा अवरोध पुगेको बताउँछन्। 
  
जिल्ला वन डिभिजन कार्यालयमा संयुक्त बैठक बस्दा मर्चवार सामुदायिक वनले आफ्नो वार्षिक कार्ययोजनामा समावेश गरी वार्षिकरुपले रुख कटान गर्न सकिने निष्कर्ष आएको इन्जिनियर माझीको भनाइ छ।

इन्जिनीयर माझीका अनुसार डिभिजन वन कार्यालयमा भएको बैठकको निष्कर्षअनुसार एक वर्षमा अधिकतम २५ वटा मात्र रुख कटान गर्न सकिन्छ। सबै रुख हटाउन पाँच वर्ष लाग्नसक्छ। सिँचाइको नाममा रहेको नहरको जग्गा प्रदेश सरकारलाई हस्तान्तरण नहुञ्जेल रुख कटान सहज नहुने माझीको भनाइ छ। 

इन्जिनियर माझीका अनुसार लुम्बिनी प्रदेशको गौरवको योजनामा सूचीकृत गराउन मर्चवारका पालिका र योजना आयोगबीच छालफल गरी प्रक्रिया अघि बढाइएको र सूचीकृत भएपछि मात्र केही निकास निस्किने छ।

मर्चवारको निर्माणाधीन फोरलेन सडकलाई लुम्बिनी प्रदेशको गौरवको योजनामा सूचीकृत गर्न र अवरोध हटाउन सबै सरोकारवालाबीच परामर्श भइरहेको लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वसीउद्दीन खाँको भनाइ छ। 
   
प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री खाँले विकासका दृष्टिले विकट मानिने मर्चवार क्षेत्रको सार्थक विकासका लागि सडक निर्माणमा अवरोध गर्ने रुखलाई हटाई निर्माणलाई तीव्रता दिने प्रयासमा सबै सरोकारवाला लगिपरेको बताए। रासस


प्रकाशित : शुक्रबार, माघ ५ २०८०१६:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend