शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

मादी नदीमा ‘आर्क डिजाइन’को पुल निर्माण सुरु, १ अर्ब २१ करोड रुपैयाँ खर्च हुने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ ५ २०८०
images
images
मादी नदीमा ‘आर्क डिजाइन’को पुल निर्माण सुरु, १ अर्ब २१ करोड रुपैयाँ खर्च हुने
सांकेतिक तस्बिर

हाल नदीमाथि रहेको दुई लेनको पुल तीन सय सत्तरी मिटर लम्बाइको छ। सोही पुलभन्दा करिब ५० मिटरको दुरीमा नयाँ पुल निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ ।

images
images

तनहुँ- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको मादी नदीमाथि ‘आर्क डिजाइन’को पुल निर्माण सुरु गरिएको छ। मुग्लिन-पोखरा सडक खण्डको व्यास नगरपालिका-४ को सिमलटार र ५ को चापाघाट जोड्ने मादी नदीमाथि उक्त पुल निर्माण थालिएको हो। 

images
images

पुलमा दुई सय पायल (खम्बा) निर्माण गर्नुपर्नेमा हालसम्म ५२ वटा खम्बाको काम सम्पन्न भएको छ। कुल सात वटा फाउण्डेशनमध्ये दुई फाउण्डेशनको कार्य सम्पन्न भएको मुग्लिन-पोखराको पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।

images
images

'एउटा फाउण्डेशनमा २८ खम्बा हुन्छन्', उनले भने, '२४ र २८ का गरी दुई फाउण्डेशनको कार्य सम्पन्न भएको छ।'

images
images

पुल निर्माणका लागि तल जगको भाग पूरा भएपछि त्यसभन्दा माथि क्याप राखेर निर्माण प्रक्रिया अघि बढाइने पाण्डेले बताए। उक्त पुलको ६ वटा स्पान हुने आयोजना कार्यालयले जनाएको छ।

३ सय १५ मिटर लामो उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीले सन् २०२२ अगष्ट ११ मा १ अर्ब २१ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

७२ किलोमिटर दुरीमा रहेको पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको चार लेनको उक्त पुल निर्माण भइरहेको छ। हाल नदीमाथि रहेको दुई लेनको पुल तीन सय सत्तरी मिटर लम्बाइको छ। सोही पुलभन्दा करिब ५० मिटरको दुरीमा नयाँ पुल निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ। 

ढाँचाअनुसार पूर्वी सडकखण्डको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्ने इञ्जिनियर पाण्डेले जानकारी दिए।

उनले भने, 'पूर्वी खण्डमा हालसम्म ४४ प्रतिशत कार्य प्रगति भएको छ।'

पश्चिम खण्डअन्तर्गत दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजना कार्यालयले जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, माघ ५ २०८०१४:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend