काठमाडौं- पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ। जसको निष्कासन लागि प्रत्याभूतिकर्तामा नागरिक लगानी कोषलाई नियुक्त गरेको छ।
कम्पनीको सेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा शुक्रबार लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट कम्पनीका प्रबन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका छन्।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा भने सानिमा क्यापिटल रहेको छ।
कम्पनीले ९६ लाख कित्ता सेयरको ९६ करोड रुपैयाँ बराबरको प्राथमिक सेयर निष्कासन गर्ने छ। उक्त कम्पनीले लमजुङको दोर्दि नदीबाट ५४ मेगावट विद्युत् उत्पादन गर्नेछ।