बिहीबार , वैशाख २० गते २०८१    
images
images

सामसङ ग्यालेक्सी एस २४ को नेपालमा खुल्यो प्री अर्डर, कति छ मूल्य?

images
images
images
सामसङ ग्यालेक्सी एस २४ को नेपालमा खुल्यो प्री अर्डर, कति छ मूल्य?

सामसङले यो सिरिजको फोनबाट ए्प्पलको आईफोनलाई माथ दिने विश्वास लिएको छ। हिजैमात्र विश्व बजारमा एप्पले सासमङलाई उछिनेको थियो। तर यो सुविधासहितको फोनबाट एप्पललाई उछिन्ने कम्पनीको विश्वास छ।

images
images

काठमाडौं-  दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले विश्व बजारमा सार्वजनिक गरेको फ्ल्यागशिप स्मार्टफोन सिरिज ग्यालेक्सी ‘एस ट्वान्टीफोर’को नेपालमा प्रिबुकिङ सुरू भएको छ। 

images
images
images

थुप्रै एआई(आर्टिफिसियल इन्टेलीजेन्स) फिचर्स लोड भएका स्मार्टफोनको बुकिङ नेपालबाट पनि सुरू भएको हो। प्रिमियम फोनको विश्व बजारमा एप्पललाई चुनौति दिनेगरी सामसङले ल्याएको  फोनको मूल्य र खरिद बिकल्पसहित प्रिबुकिङ सुरू भएको हो। 

images

बुकिङका लागि स्टोरमा जानुपर्छ। यसका लागि ५ हजार रुपैयाँ तिर्नुपर्छ। 

images

सामसङले नेपालमा ग्यालेक्सी एस २४ अल्ट्राको मूल्य १ लाख ८४ हजार ९९९ रुपैयाँबाट सुरू हुनेछ। ५१२ जीबी स्टोरेज भएको अल्ट्राको मूल्य भने १ लाख ९९ हजार ९९९ रुपैयाँ रहेको छ। 

images
images

अरु दुई भेरियन्ट भने एउटै स्टोरेज बिकल्पमा रहेका छन्। ग्यालेक्सी एस २४ प्लसको मूल्य १ लाख ४२ जार ९९९ रुपैयाँ र ग्यालेक्सी एस २४ को मूल्य १ लाख १९ हजार ९९९ रुपैयाँ रहेको छ। 

किस्ता सुविधा पनि खरिद गर्न सकिने सामसङले जानकारी दिएको छ। 

सामसङका यी नयाँ फोनमा एआई लोडेड रहेका छन्। पछिल्लो समय आएको एआईको विकासलाई सामसङले स्मार्टफोनमै सामावेश गरेको छ। एआई नोट असिस्ट, च्याट असिस्ट, इन्टरप्रेटर, फोटोमोजिस, सर्कल टू सर्च र रियल-टाइम भाषा अनुवाद जस्ता फिचरहरू फोनमा रहेका छन्। 

एआई आधारित फोटो असिस्ट टुल ग्यालेक्सी एस २४ सिरिजमा फोटो असिस्ट फिचर उपलब्ध हुनेछ। यो एआई जनरेटेड एडिटिंग टुलको सहयोगी बाट इमेजमा कुनै पनि ऑब्जेक्टलाई हटाउन  सकिनेछ। यसको अलावा, यो टुल फोटो क्लिक गरेको छ भने उसको क्लारिटी बढाउन सुझाव पनि दिनेछ। एस २४ सिरिजमा सर्कल टु सर्च फिचर उपलब्ध छ। यो फिचर इमेज वा भिडियोमा निश्चित विन्दुमा क्लिक गरेपछि त्यसैलाई सर्च गर्न सहयोगी हुनेछ। गुगल लेन्समा यस्तो सुविधा अहिले पनि रहेको छ। 

एआईको अर्को सुविधा ग्यालेक्सी नोटमा हुनेछ। कुनै प नि खेस्रा नोटलाई व्यवस्थितमात्र होइन यसले सारांश पनि निकाल्ने काम गर्नेछ जसले गर्दा पढ्ने र संग्रहका लागि सहयोग गर्नेछ। 

ग्यालेक्सीको एआईको अर्को मुख्य विशेषता भनेको रियलटाइम भाषा अनुवाद। च्याट र कलको रियलटाइम भाषा अनुवाद निकै चर्चित र नयाँ फिचर्स हो। स्मार्टफोनको दुनियामा सामसङले यस्तो सुविधा थप गरेको छ। यसमा च्याट गर्दा कुनै व्यक्तिले अंग्रेजीमा पठाएको छ भने हिन्दीभाषी प्रयोगकर्ताले भाषा छनौट गरेर त्यसलाई हिन्दीमा पढ्नसक्ने छ। च्याटमात्र होइन कल पनि अनुवाद हुनेछ त्यो पनि रियलटाइम। कुनै पनि दुई जना फोनमा कुरा गर्दाको समयमा अंग्रेजीमा बोलेको कुरा हिन्दीभाषीले हिन्दीमा पढ्न र सुन्नसक्नेछ भने हिन्दीमा बोलेको कुरा अंग्रेजीभाषीले अंग्रेजीमै सुन्न र पढ्नसक्नेछ। 

तत्कालका लागि यस्तो सुविधा विश्वका ३० भाषामा रहेको र भविष्यमा यो थप हुँदै जाने बताइएको छ। स्न्यापड्र्यागन एट जेन थ्री प्रोसेसरसहित आउने अल्ट्राको ब्याट्री क्षमता ५ हजार एमएएच हुनेछ। चारवटा क्यामेरा सेटअप भएको यो फोनमा मुख्य लेन्स २०० मेगापिक्सेलको हुनेछ। ५० मेगापिक्सेलको जुम लेन्स भएको फोनमा ५ गुणा अप्किल जुम र १० गुणासम्मको गुणस्तरीय जुम उपल्ध हुनेछ। यसको आधारभूत स्टोरेज २५६ जीबीबाट हुनेछ। 

त्यस्तै सामसङको आफ्नै प्रोसेसर एक्सीनास२४०० प्रोसेसर प्रयोग भएको प्लस भेरियन्टमा भने ४९०० एमएएच क्षमताको ब्याट्री रहेको छ। यसमा ५० मेगापिक्सेलको मुख्य लेन्स रहेको छ भने १०, १० मेगापिक्सेलका टेलि र वाइड लेन्स रहेकेा छन्। ग्यालेक्सी एस ट्वान्टीफोरमा पनि क्यामेरा सेटअप यस्तै छ तर ब्याट्री क्षमता भने ४००० एमएएच रहेको छ। 

सामसङले यो सिरिजको फोनबाट ए्प्पलको आईफोनलाई माथ दिने विश्वास लिएको छ। हिजैमात्र विश्व बजारमा एप्पले सासमङलाई उछिनेको थियो। तर यो सुविधासहितको फोनबाट एप्पललाई उछिन्ने कम्पनीको विश्वास छ।

images

प्रकाशित : शुक्रबार, माघ ५ २०८०१०:०८

प्रतिक्रिया दिनुहोस