शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

टेस्ला चढ्ने भारतीय सपना यसकारण पर धकेलियो

images
images
images
टेस्ला चढ्ने भारतीय सपना यसकारण पर धकेलियो

भारत सरकारले कर छुट दिने निर्णय नगरेकै कारण अघिल्लो साता भएको भाइब्रेन्ट गुजरात ग्लोबल समिट २०२४ मा टेस्लाका सीईओ एलन मस्क सहभागी हुन आएनन्।

images
images

काठमाडौं- अमेरिकी विद्युतीय कार उत्पादन कम्पनी टेस्ला तत्काल भारत आउने सम्भावना टर्दै गएको छ। टेस्लाले माग गरेअनुसार तयारी विद्युतीय कारमा कर छुट दिन भारत सरकारले आनाकानी गरेपछि टेस्लाले तत्काल भारत आउने निर्णय थाँति राखेको हो। 

images
images
images

सरकारले निश्चित कम्पनीका लागिमात्र कर छुट दिन नहुने लबिङ भारतीय सवारी उत्पादकहरूले गर्दै आएका थिए। उक्त लबिङ बलियो देखिएकाले तत्काल टेस्लाका लागि आयातित कारमा कर छुट दिने निर्णय गर्नबाट सरकार पछि हटेको सम्बद्ध अधिकारीहरूले बताएका छन्। 

images

भारत सरकारले तत्काल आयातित विद्युतीय कारमा कर छुट दिने निर्णय गरिनसकेको र गरिहाल्ने सम्भावना पनि कम भएको भारतीय उद्योग तथा व्यापार प्रवर्द्धन विभागका उच्च अधिकारी राजेशकुमार सिंहले बताएको रोयटर्सलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले लेखेको छ। सिंहले उक्त कुरा डाभोसमा जारी वर्ल्ड  इकोनोमिक फोरममा बताएका हुन्। 

images

टेस्लाको प्रस्तावलाई लिएर भारतीय सवारी उत्पादकहरूले आपत्ति जनाएका थिए। स्वदेशी सवारी उत्पादक उद्योग समस्यामा पर्ने भन्दै उनीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई नै भेटेका थिए। भारतीय सवारी उत्पादकहरू पनि विद्युतीय सवारी उत्पादन गर्न केन्द्रित भएकाले तत्कालका लागि तयारी ईभी आयातमा कर छुट दिनेबारे निर्णय गरिहाल्ने अवस्था नरहेको सिंहले बताएका छन्। 

images
images

टेस्लालाई कर छुट दिएर भारतीय बजारमा प्रवेश गराउँदा त्यसको नकारात्मक प्रभाव पर्ने भारतीय र भारतमा आएर कार उत्पादन गरिरहेका कम्पनीहरूले बताउँदै आएका छन्। 

भारत सरकारले भारतमै कार उत्पादन गर्ने ग्यारेन्टी गरेर आउने सवारी उत्पादकलाई भारतमै उत्पादन नभइन्जेलका लागि आयातित कारमा कर १ सय प्रतिशतबाट १५ प्रतिशत बनाउने तयारीमा थियो। 

भारत सरकारले कर छुट दिने निर्णय नगरेकै कारण अघिल्लो साता भएको भाइब्रेन्ट गुजरात ग्लोबल समिट २०२४ मा टेस्लाका सीईओ एलन मस्क सहभागी हुन आएनन्। डिसेम्बर अन्तिमसम्म मस्क भारतले कर छुट दिने निर्णय गरे उक्त समिटमा सहभागी भएर टेस्लाको भारतमा प्लान्ट स्थापना र लगानी घोषणा गर्ने तयारीमा थिए। 

टेस्लाले हाल प्रिमियम कार उत्पादन गर्दै आएको छ। टेस्लाका कारको मूल्य न्यूनतम ४० हजार डलर रहेको छ। तर भारतीय बजारमा मस्कले जुन रुपमा आफ्नो बजार विस्तार हुने अपेक्षा गरेका छन् त्यसका लागि कम मूल्यको मास मार्केट विद्युतीय कार आवश्यक पर्छ। 

टेस्लाले २० लाख भारुको कार उत्पादन गर्ने विषयमा भारतमा बहस सुरु भएको थियो। अहिले उत्पादनमा रहेको टेस्ला मोडल थ्रीको बजार मूल्य ४० हजार २ सय ४० डलर रहेको छ। यो भनेको करिब ३३ लाख ५० हजार भारु हो। 

यही कार भारतमा आयात गर्ने हो भने यसको मूल्य ६६ लाख भारु पर्छ। भारतमा ४० हजार डलरभन्दा बढी मूल्यका कार आयात गर्दा सतप्रतिशत कर लाग्ने व्यवस्था छ। 

सबै अवस्था यथावत रहेमा टेस्लाले भारतमा वार्षिक ५ लाख विद्युतीय कार बनाउने योजना अघि सारेको थियो। भारतको आम बजारलाई लक्षित गरेर टेस्लाले सुरुवाती मूल्य २० लाख भारुमै कार उत्पादन गरेर बिक्री गर्ने विश्वास विज्ञहरूको छ। 

टेस्लाले भारत सरकारले उपलब्ध गराउने सहुलियत तथा करमा मिल्ने लाभ लिन पार्टस तथा ब्याट्री पनि भारतमै बनाउने योजना अघिसारेकाले कम मूल्यको काम बनाउने धेरैको अनुमान छ। भारतको आम बजारका उपभोक्तालाई आकर्षित गर्ने लक्ष्य मस्कले लिएकाले पनि २० लाख भारुमा भारतीय उपभोक्ताले टेस्लाको विद्युतीय कार चढ्ने पाउने अनुमान हुँदै आएको थियो। 

तर अब तत्काल टेस्ला भारत आउन कठीन रहेको बताउन थालिएको छ। टेस्ला भारत नआउदासम्म भारतीयहरूको टेस्लाको विद्युतीय कार चढ्ने सपना धकेलिइनै रहने छ। 

टेस्लाले भारतमा तत्काल २ अर्ब डलर लगानी गर्ने योजना बनाएको थियो। कार उत्पादन प्लान्टसहित ब्याट्री पनि स्थानीय रुपमा उत्पादन गरेर ईभी इकोसिस्टम निर्माण गर्ने योजना टेस्लाले अघिसारेको थियो। यो सबै गर्न ५ अर्ब डलर लगानी गर्ने योजना टेस्लाको छ। 

२०३० सम्म भारतको विद्युतीय कार बजार १ सय अर्ब डलरको हुने र कुल कार बजारमा ईभीको हिस्सा ४० प्रतिशत पुग्ने प्रक्षेपण छ। अब भारत २० लाख भारु मूल्यका विद्युतीय कार उत्पादनको हब नै बन्ने धेरैको आंकलन छ। त्यसैले पनि टेस्ला भारत आउन भने चाहिरहेको छ। 

images

प्रकाशित : शुक्रबार, माघ ५ २०८०१०:५९

प्रतिक्रिया दिनुहोस