काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले 'आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०' जारी गरेका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बिहीबार उक्त अध्यादेश जारी गरेका हुन्।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।