शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

यातायात व्यवसायीले भने- मन्त्रीज्यू, ड्राइभिङ स्कुल खोलौँ, चालक पाउनै मुस्किल भयो

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ ४ २०८०
images
images
यातायात व्यवसायीले भने- मन्त्रीज्यू, ड्राइभिङ स्कुल खोलौँ, चालक पाउनै मुस्किल भयो

विधेयकको मसौदामा सुझाव दिँदै व्यवसायी र मजदूर संगठनहरूले ड्राइभिङ स्कुलको माग गरेका हुन्। सवारी ऐन २०४९ संशोधन गर्न मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरिरहेको छ।

images
images

काठमाडौं- यातायात व्यवसायी र यातायात मजदूर संघ/संगठनहरूले तत्काल ड्राइभिङ स्कुल खोल्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग माग गरेका छन्। बिहीबार मन्त्रालयमा भएकाे छलफलमा व्यवसायीले उक्त माग गरेका हुन्। 

images
images
images

‘मन्त्रीज्यू, हरेक घरमा सवारी चालक आवश्यक भइसक्यो तर नेपालमा दक्ष ड्राइभर पनि विदेश पलायन हुन थाले। दक्ष चालक नै पाउन मुस्किल भयो र दक्ष चालकको अभावमा दुर्घटना बढ्न थाले’ व्यवसायी र मजदूर संगठनका पदाधिकारीहरूले भने ‘अब ड्राइभिङ स्कुल वा छुट्टै संस्थाको आवश्यकता परिसक्यो।’

images

सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा छलफल गर्न मन्त्री ज्वालाले सरोकारवाला निकायहरूलाई बोलाएका थिए। विधेयकको मसौदामा सुझाव दिँदै ब्यवसायी र मजदूर संगठनहरूले ड्राइभिङ स्कुलको माग गरेका हुन्। सवारी ऐन २०४९ संशोधन गर्न मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरिरहेको छ। 

images
images
images

व्यवसायी र मजदूर संगठनको ड्राइभिङ स्कुल खोल्ने प्रस्तावमा मन्त्री ज्वालाले ऐनमा ब्यवस्था गर्ने गरी काम थालेको बताए। ‘ड्राइभिङ स्कुल वा कुनै संस्था स्थापना गर्ने गरी ऐनमा संशोधन गर्नेगरी हामीले तयारी थालेका छौँ’ मन्त्री ज्वालाले भने।  

स्वरोजगार यातायात मजदूर संगठन, एकीकृत यातायात मजदूर संगठन, नेपाल यातायात स्वतन्त्र मजदूर संगठन, अखिल नेपाल मजदूर संघ, नेपाल यातायात मजदूर संघका पदाधिकारीहरू छलफलमा सहभागी थिए। त्यसैगरी सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र नेपाल ट्रक यातायात ब्यवसायी महासंघका पदाधिकारहरूको सहभागिता रहेको थियो। 

छलफलमा ब्यवसायी र मजदूर संघ संगठनका पदाधिकारीहरले फरक फरक सरकारले बनाउने ऐनका कारण ठूलो समस्या झलेको गुनासो गरेका छन्। संघीय, प्रदेश र स्थानीय सरकारले फरक फरक सवारी ऐन बनाउँदा निकै समस्या परेको गुनासो गर्दै एकरुपता हुने गरी पहल गर्न मन्त्री ज्वालासँग आग्रह गरेका छन्।

जवाफमा मन्त्री ज्वालाले प्रदेश सरकारका यातायात मन्त्री र सचिवहरूसँग छलफल गर्ने गरी ७ गते बैठक राखेको जानकारी दिए। प्रदेश सरकारसँग यसअघि नै तीन पटक बैठक बसिसकेको छ। 

छलफल कार्यक्रममा मन्त्रालयका सचिव केशव शर्माले फरक फरक सरकारमा सवारी दर्ता हुने गरेकाले कति सवारी साधनहरू अहिले चलेका छन्, त्यसको अभिलेखसम्म सरकारसँग नभएका बताए। अब बन्ने ऐनमा एकरुपता ल्याउनका लागि प्रदेश र सरकारका यातायातमन्त्री र सचिवसँग छलफल गर्न लागेको बताए। 


प्रकाशित : बिहीबार , माघ ४ २०८०१८:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend